आन्दोलनले ज्ञापन पत्र बुझायो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, बैशाख १०, २०८१

आन्दोलनले ज्ञापन पत्र बुझायो

साइनो समचारदाता

पान्थर । लिम्बुवान स्प्रिङ आन्दोलन’ले तिम्बुङ पोखरी छेउमा विष्णु मन्दिर निर्माण गरेको विरोधमा दुई स्थानीय तहमा ज्ञापन पत्र बुझाइएको छ । पान्थरको याङ्वरक र ताप्लेजुङको सिदिङ्बा गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको हो । आन्दोलनले मन्दिर बनाएको विरोधमा हिजोदेखि काङ्सोरे लङमार्च पास सुरु गरेका छ । झापाको दुर्गापुरबाट विहान लङ्गमार्चमा निस्किएका हुन् । हिजै टोली याङवरको फलौचा पुगेको छ । टोलीलाई सलोराम थर्पु वार्डसमितीको स्वागत कार्यक्रम गरेको छ । फर्के ओयाम समाजवादी पाटी वार्ड समितिले सम्मान कार्यक्रम राख्ने बताइएको छ । अहिले टोली फलौचादेखि तिम्बुङ पोखरी हिडिरेको छ ।

फिदिम छोड्नु पुर्व सुम्हात्लुङ मन्दिर परिषरमा पत्रकार सम्मेलनको आयोजना गर्दै तिम्बु पोखरी क्षेत्रमा भौतिक निमाण रोक्न माग गरिएको छ । अभियानका संयोजक दिलेन्द्र कुरुम्बाङद्धारा जारी बिज्ञप्तीमा रैथाने आदिवासी याक्थुम समुदायको पबित्र ऐतिहाँसिक धार्मिक स्थल आध्यात्मिक आस्था, संस्कृतिक महत्व र सम्पदा माथि आघात पर्ने कारण संक्रिटको प्रयोग सहितका भौतिक निर्माण रोक्न भनिएको छ । मार्च पास सहित तिम्बुङ वारकको अवलोकन गर्ने, निर्माणाधिन संरचना हटाउन र अव त्यस क्षेत्रमा कुनै संरचना नबनाउन सचेत गराउने उल्लेख छ । पोखरी परिषरमा बिष्णुको मन्दिर निर्माण गर्न लागिएको भन्दै चौतर्फी बिरोध भइरहेको छ । यस बिचमा अभियानले आन्दोलन अन्तरगत दोस्रो चरणको कार्यक्रम समेत सुरु गरेको छ ।

लिम्बुवान स्प्रिङ आन्दोलनले सांस्कृतिक अतिक्रमणको चपेटा परेका भन्दै तिम्बुङवरक बचाउ अभियान थालेको आन्दोलनका अभियन्ता टंक सेलिङले बताएका छन् । अतिक्रमणविरुद्ध तिम्बुङ पोखरीसम्म काङ्सोरे लङ्गमार्च गर्दै पोखरी छेउमा निर्माण गरिएको भौतिक संरचनामा तालाबन्दी गर्ने बताएको छ । विभिन्न १८ संघसंगठनको सहभागिता रहेको लङ्मार्चमा ३२ जना युवायुवती सहभागी छन् । सो अभिायनको संयोजन ईक्साहाङ चेम्जोङले गरेका छन् । अभिायनमा प्रयास वान्तावा, सुनिल आङ्बो, दिपेन मेन्याङ्बो, प्रतीक्षा तामाङ, सुमन तामाङ, सुमन सुहाङ, सरोज लिम्बू, अनिस लिङ्देन, मिलन लिम्बू, धन्नाजय दर्जी, रेवत लाबुङ, जितेन गुरुङ, उषा लक्सम, राम राई, अमृता लाबुङ, बिबेक सुनुवार, जीवन नेम्बाङ, सुन्दरी शेर्मा, सम्झना लावती, प्रयास वान्तावा, दिनेश माबो, बुद्दराज योङ्हाङ, कर्ण काङ्बाङ, राजमान थेबे, पिताम्बर हेमब्याक, सुमन सहयात्री योङ्हाङ, आदाङ्बा सम्बाहम्फे, वसन्त मेन्यङ्बो, नवीन कन्दङ्वा, देबेन्द्र सावा र पुर्ण सम्बाहम्फे छन् ।

लिम्बुहरुको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको तिम्बुङ पोखरीको छेउमा विष्णु मन्दिर बनाएर विष्णु पोखरी नाम राख्ने सरकारी तयारी रहेको भन्दै यसअघि नै १८ वटा आदिवासी जनजाति संगठनले पोखरी छेउको भौतिक संरचना हटाउन माग गरेका थिए ।

सम्बन्धित खवर