साइनो समचारदाता
दमक । ‘आरक्षण बचाउ आन्दोलन’ र ‘लिम्बुवान स्वायत्त आन्दोलनः भावी कार्यदिशा’ बहस कार्यक्रम झापाको दमकमा भएको छ ।
लिम्बु विद्यार्थी मञ्च र लिम्बुवान स्प्रिङ आन्दोलनको संयुक्त आयोजनामा दुई विषयमा बहस भएको हो । कार्यक्रममा ‘आरक्षण बचाउ आन्दोलन’ बारेमा लोकसागर साम्बा र ‘लिम्बुवान स्वायत्त आन्दोलन भावी कार्यदिशा’ बारेमा लासिम पालुङ्वाले पेपर प्रस्तुत गरेका थिए भने पेपर प्रति धर्मेन्द्र नेम्बाङ, टङ्क सेलिङ टिप्पणी गरेका छन् ।
वहसमा विशेष बक्ताको रुपमा अशोक चेम्जोङ, की नोट वक्ताको रुपमा सञ्जुहाङ पालुङ्वाले धारणा राखेका थिए । युवा, विद्यार्थी, अभिवावक गर सय जनाले बहसमा सहभागिता जनाएका थिए ।




















