सहयोगको याचना - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०९, २०८१

सहयोगको याचना

साइनो समचारदाता

कानेपोखरी । क्यान्सर रोगबाट पीडित मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ की ३४ बर्षीया सम्झना लाओती थेगिमको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन ।

स्तन क्यान्सर भइ २० महिनादेखि ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत रहेकी सम्झनाको हाल फोक्सोमा समेत क्यान्सर देखिए पछि परिवारले देश बिदेशमा रहेका सहयोगीहरु समक्ष सहयोगको याचना गर्नु परेको पीडित परिवारले जनाए । हालसम्म परिवार तथा आफन्तहरुको सहयोगमा उपचाररत रहेकी सम्झना लाओतीको नेपालमा उपचार सम्भव नभएपछि भारतको राजस्थान लैजान डाक्टरले समेत सल्लाह दिएका छन् । सम्झनालाई उपचारका लागि भारत लैजाने पैसाको अभावकै कारण उपचारमा समस्या भएको र सबै सहयोगी मनहरुलाई सहयोग गर्नका लागि अपिल गरेको सम्झनाका पति अर्जुन थेगिमले बताए । हालसम्म सम्झनाको उपचारका लागि २० लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । गत साउन १९ गते बिहिवारका दिन १९ समिति रहेको सम्झना लाओती थेगिम बचाउ अभियान समिति पनि गठन भएको समितिका संयोजक राजकुमार पापोले बताए । आफन्त तथा परिवारको सहयोगले २० महिनासम्म उपचार गर्दै आएपनि अब असम्भव भएकाले दयालु दाताहरुलाई सहयोगको अपिल समेत गरेको उनका दिदी सुनिता लाओतिले बताए । घरको अवस्था नाजुक भएकोले श्रीमतीको उपचार खर्च जुटाउन हाल सालै उनका पति खाडी मुलुक साउदी अरब रोजगारीको सिलसिलामा गएका छन । दिदी सुनिता लाओतीले स्वदेश तथा विदेशमा रहनु भएका सहयोगी दयालु हातहरु समक्ष सहयोग गरिदिन हुन समेत अनुरोध गरेकी छिन। सम्झना लाओती थेगिम एक छोरीकी आमा हुन ।

मासिक हजारौं रुपैंयाँको औषधि किन्नुपर्छ । तीन हप्ताको एक पटक किमो चलाउनु पर्छ । एउटा किमोको १२ देखि १५ हजार रुपैंयासम्म पर्छ । बिरामिका बुवा रामबहादुर लाओतीले बताए ‘सबैले सक्दो सहयोग गरि मलाइ बचाउनुस म बाँच्न चाहन्छु’ क्यान्सर पीडित सम्झनाले भनिन । सम्झना लाई सहयोग गर्न चाहनु हुन्छ भने परिवारको पीडामा थोरै भए पनि मलम लगाउन चाहनु हुन्छ भने तल उल्लेखित नम्बरमा फोन गरेर सहयोग गर्न सक्नु हुनेछ।

सम्पर्क नम्बरहरु 982113609 बिरामिको बुवा रामबहादुर लाओती 9808960505 बिरामिको दिदी सुनिता लाओती 9807979199 संयोजक राजकुमार पापो। सम्झना लाओती बचाउ अभियान ।

सम्बन्धित खवर