मापसेमा पक्रेको बाइक कुदाउँदै प्रहरी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

मापसेमा पक्रेको बाइक कुदाउँदै प्रहरी

गोपाल काफ्ले

पथरी । मोरङ पथरी शनिश्चरेमा रहेको पथरी बेस क्यामका प्रहरीले चेक जाचका क्रममा पक्रेको बाइक कुदाउने गरेको भेटिएको छ । सोमबार पक्रिएको मोटर साइकल मंगलबार बेस क्यामका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष लिम्बुले आफै कुदाउदै गरेको भेटिएको हो ।

सइ सन्तोष लिम्बूले पथरी शनिश्चरे ३ इटाभट्टाको खेलमैदानमा राखिएको मोटर साइकल ।

मापसेमा पक्राउ परेको को ६ प १५९५ नं. को हुक मोटर साइकल पथरी शनिश्चरे ३ इटाभट्टामा फेला परेको हो । फुटवलमा खेलमा सुरक्षामा खटिएका लिम्बुले अनुमति लिएर कुदाएको भने पनि मोटर साइकल धनी फडिन्द्र भट्टराईले आफूसंग अनुमति नलिएको बताए । सुरक्षाकर्मीले कसैको पनि सवारी साधन नियन्त्रणमा लिएपछि सुरक्षित राख्नु पर्छ तर इलाका प्रहरी कार्यालयमा सवारी साधनको कमीले गर्दा सुरक्षामा खटिदा प्रयोग भएको बताउँदै इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मिराज अधिकारीले आइन्दा यस्तो त्रुटि नहुने बताए । ५ किलो मिटर दक्षिण पूर्व फुटवल खेल हेर्न गएका मोटरसाइकल धनी भट्टराईले आफ्नो मोटरसाइकल उक्त स्थानमा देख्दा छक्क परेका थिए ।

सोमबार रातको ८ बजे पथरी शनिश्चरे १ बजारबाट घर (पथरी शनिश्चरे १०) जादै गरेका फडिन्द्र भट्टराई प्रहरी चेकमा परेका थिए । मापसे गरेर कुदाएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो । भट्टराईले मापसे गरेको र मोटरसाइकलको कागज पत्र नभएकाले प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको हो । भट्राईले ३ महिना अगाडि बिराटनगरका कृष्ण कुमार भेटवालसंग मोटर साइकल किनेका थिए । मोटरसाइकल धनी काठमाडौ भएकाले पास हुन सकेको थिएन भने ३ दिन अघि बिल बुक हराएको भट्टराई बताउछन । भट्टराईले मंगलबार बिहान बुझदा ट्राफिक कार्यालयमा बिल काटि परीक्षा दिएर मात्र मोटर साइकल पाउने बेस क्यामका प्रमुख सइ सन्तोष लिम्बुले बताएको उनको भनाई छ ।

सम्बन्धित खवर