साइनो समचारदाता
विराटनगर । संघीय समाजवादी फोरम नेपालको जिल्ला अध्यक्ष राजकुमार यादब समाजवादी पार्टी नेपाल मोरङको अध्यक्षमा चयन भएका छन् । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीचको एकतापछि मंगलबार अध्यक्ष चयन गरिएको हो ।
समितिको ४ जना उपाध्यक्षमा केशरमान गुरुङ, तीर्थराज घिमिरे, नवराज दाहाल र त्रिलोचन गौतम, सचिवमा राछामी किराँती, सहसचिवद्वय ओम ढकाल र मन्तलाल यादव तथा कोषाध्यक्षमा महेश्वर यादव रहेका छन् । ९ सदस्य पदाधिकारीमा महिनाविहीन छ । समिति १ सय १५ सदस्यको रहेको छ । नवनिर्वाचित अध्यक्ष यादवलाई पार्टीका केन्द्रीय सचिव पर्शुराम बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

















