साइनो समचारदाता
इटहरी । सुनसरीको इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले आकस्मिक सेवाको उदघाटन गरेका छन् ।
उदघाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री घिमिरेले इटहरी, इटहरी आसपास र पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने वताए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सांसद लिलम वस्नेत, संविधान सभाकी सांसद अनिता परियार, इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम, नेपाली काँग्रेस इटहरी सभापति हेमकर्ण पौडेल, वडाध्यक्ष भुपेन्द्र वराल लगायतले शुभकामना ब्यक्त गरेका छन् । कार्यक्रमको अध्यक्ष रहेका इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीको विकास र सम्वृद्धिले केहि समयमै नयाँ उचाई लिने दावी गरेका छन् । कार्यक्रममा इटहरी अस्पतालकी प्रमुख डा.रोमी यादवले इटहरी अस्पतालवाट गत बर्ष ३७ हजार २९ जनाले सेवा लिएको जानकारी दिइन् । २०२४ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भई ५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साल साउन १ गतेदेखि इटहरी अस्पतालमा रुपान्तरण भएको हो । १५ सैयाको अस्पताललाई सुविधा सम्पन्न ट्रमा सेन्टर सहित ५० सैयाको अस्पताल वनाउने इटहरी उपमहानगरले लक्ष्य राखेको छ ।

















