साइनो समचारदाता
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएको कक्षा १२ (एसएलसीई) को परीक्षा को नतिजा सार्वजनिक गर्ने भएको छ ।
आज (सोमबार) बोर्डले सबै विषयको नतिजा प्रकाशनको तयारी गरेको हो । प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो भने सोमबार साँझ पाँच बजे वोडको बैठक बोलाइएको छ । परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ (एसएलसीई) को नतिजा साँझसम्म आइसक्ने परीक्षा बोर्डले जनाएको छ ।