साइनो समचारदाता
पथरी । जीपी कोइराला अध्ययन केन्द्र मोरङले पथरी शनिश्चरेमा विचार गोष्ठी साउन २० गते गर्दैछ ।
गोष्ठीमा नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशंक कोइरालालगायतले सम्बोधन गर्ने बताइएको छ । गोष्ठीमा कोइरालाका साथै नेपाली काङग्रेसका केन्द्रिय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, बन्द्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, नेपाल विद्यार्थी संघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले र नेपाली काङग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलगायतले सम्बोधन गर्नेछ । ‘गिरिजाबाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका’ विषयक शिर्षकमा हुने विचार गोष्ठि कार्यक्रममा बक्तहरुले गिरिजाबाबुको योगदानको बारेमा चर्चा परिचर्चा गर्नेछन ।