दुबै मृगौला पीडितका लागि सहयोग संकलन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०९, २०८१

दुबै मृगौला पीडितका लागि सहयोग संकलन

साइनो समचारदाता

पथरी । अट्टो सञ्चालन गरेर जिविकागुजारा गर्दै आएका सोमबहादुर धिमालले सहयोगको याचना गरेका छन् । पथरी शनिश्चरे ७ कल्याण चोकका ५९ वर्षीय धिमालको दुबै मृगौला फेल भएपछि आर्थिक सहयोग उठाउन थालिएको हो ।

पथरी शनिश्चरे नगरपालिका ७ नम्बर वडा कार्यालयको सहयोगका पत्र लिएर गाउँघर, बजारमा सहयोग संकलन गरिरहेको बुहारी रुकमाया धिमालले बताइन् । उनले कीर्तिपुर बजार, हसन्दह बजार, अमरदहरबजार, भातेगौडाबजारबाट हाल २३ हजार सहयोग उठेको जनाइन् । नगरपालिकाले १५ हजार सहयोग गरेको छ । धिमाल जातीय विकास केन्द्र कीर्तिपुर धिमाल टोल समितिका अध्यक्ष मनिश धिमालको अगुवाईमा सहयोग संकलन जारी छ ।  गत फागुनदेखि नोवेल अस्पताल विराटनगरमा उपचाररत धिमालको साता अघिदेखि टिचिङ अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । सुकमाया धिमालको फोन नम्बर ९८०४३६०४७६, रुपामाया धिमालको फोन नम्बर ९८१०४२५०७४, धन धिमालको फोन नम्बर ९८०७३६९४६६ मा फोन गरेर सहयोग गर्न सक्नुहुनेछ । वडा कार्यालयले मृगौला पीडित धिमालको दुबै मृगौला फेल भएको, डायलेसिस गर्दै आएको, आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न अपिल गरेको छ । पीडितका भाइ धन धिमालले सोमबहादुरको उपचारमा करिब ६ लाख खर्च भइसकेको, थप उपचारमा समस्या भएकाले सहयोग गर्न अनुरोध गरेका छन् । एक श्रीमती, ७ वर्षीया छोरी र ५ वर्षीया छोरीलाई पीडित धिमालले अट्टो सञ्चालन गरेर जीवन निर्वाह गरिरहेका थिए ।

सम्बन्धित खवर