साइनो समचारदाता
पथरी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र ६ महानगरपालिका हेर्ने गरी कार्य विभाजन गरेको छ । कार्य विभाजनअनुसार पाँचथर जिल्लाको इन्चार्जको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री मौसम आङ्बोले पाएका छन् ।
पाँचथरको सह इन्चार्जद्धयमा आइन्द्र सुन्दर नेम्बाङ र डम्बरसिंह सम्बाहाङ्म्फेलाई जिम्मेवारी दिएको छ । ताप्लेजुङको इञ्चार्जमा भाष्कर काफ्ले, इलामको इञ्चार्जमा धिरेन्द्र शर्मा, झापाको इञ्चार्जमा रविन कोइराला, मोरङको इञ्चार्जमा धनेन्द्र बस्नेत, सुनसरीको इञ्चार्जमा धर्मराज निरौला, धनकुटामा हेमराज भण्डारी चयन भएका छन् । त्यस्तै तेह्रथुमको इञ्चार्जमा जयन्ती राई, संखुवासभाको इञ्चार्जमा राजेन्द्रकुमार राई, भोजपुरको इञ्चार्जमा सुदन राई किराती र खोटाङको इञ्चार्जमा विशाल भटराईलाई पार्टीले जिम्मेवारी दिएको छ ।
साउन ५ गते पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको अध्यक्षतामा बसेको २७ औ केन्द्रीय सचिबालय बैठकले केन्द्रीय सदस्यहरुलाई कार्य विभाजन गरेको हो ।