आन्दोलनकर्मी साझमा छुटे - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०९, २०८१

आन्दोलनकर्मी साझमा छुटे

साइनो समचारदाता

पथरी । सुनसरीको इटहरीबाट पक्राउ परेका १५ जना आन्दोलनकर्मी शनिबार साझ प्रहरीले रिहाइ गरिएको छ । संबैधानिक निकाय लोक सेवा आयोगले विज्ञापन निकाल्दा विभेद गरेको बताउँदै अन्दोलनरत उनीहरुलाई विहान प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा दोहोरो झडप समेत भएको थियो । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनकर्मीहरुले प्रदर्शन गरेका थिए ।

बन्द सफल बनाउन खटिएका नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका महासचिब अशोक चेम्जोङ मनोहर थलङ, थारूकल्याणकारी सभा इटहरीका अध्यक्ष रामरोगन चौधरी, नेपाल तामाङ घेदुङ इटहरीका अध्यक्ष चन्द्र गोङ्देन, राजेन्द्र साबा, तमु ह्युल छोज धिं इटहरीका अध्यक्ष दिलिप गुरुङ, नेपाल शेर्पा सङ्घ इटहरीका उपाध्यक्ष तथा नेफिन इटहरीका कोषाध्यक्ष पेम्बा शेर्पा, किरात राई विद्यार्थी सुनसरीका अध्यक्ष चन्द्र किराती, अर्जुन राई, प्रतित राई, मनै चौधरी, सरिता राई, समिता राई आदिवासी जनजाति युवा महासङ्घ इटहरीका उपाध्यक्ष सचिता चौधरी र बच्चु राईलगायत १५ जना इटहरीबाट पक्राउ परेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आन्दोलनकारीहरु पक्राउ गरिएको विरोधमा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् ।

आरक्षण बचाऔं नाम दिएर आन्दोलन थालेको नेपाल आदिवासी जनजाति महासंघ प्रदेस नम्बर १ ले शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको इटहरी चौकमा पुत्ला दहन समेत गरेका थिए ।

सम्बन्धित खवर