बेलायतमा सिसेक्पा तङ्नाम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बेलायतमा सिसेक्पा तङ्नाम

साइनो समचारदता

मेडस्टोन(बेलायत) । बेलायतवासी याक्थुङ समुदायले पहिलोपटक आफैँले खरिद गरेको चुम्लुङ देन(जग्गा)मा सिसेक्पा तङ्नाम मनाएका छन् ।

करिब दशक बढीको प्रयासपछि याक्थुङ चुम्लुङको सक्रियतामा आफ्नै चुम्लुङ देनमा हज्जारौँ सङ्ख्यामा उपस्थित भएर सन् २०१९ को तङ्नामलाई भव्यतापूर्वक स्वागत गरेका हुन् । शनिबार केन्टस्थित मेडस्टोनको याल्डिङमा अवस्थित चुम्लुङ देनको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मेडस्टोन बोरो काउन्सिलकी मेयर मेरियन रिङले नेपाली समाजसँग अन्तर्घुलन गर्न चुम्लुङले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । ‘यहाँहरूको उपस्थितिले साँस्कृतिक आदनप्रदान गर्न हामीलाई थप सहयोग मिल्नेछ । हामी यहाँहरूको सामूहिक प्रयासका लागि बधाई व्यक्त गर्दछौँ,’ उनले थपिन् । मेयर मेरिङले चुम्लुङको भावी योजनाहरूमा काउन्सिल सहयोग गर्न तयार रहेको पनि सुनाइन् ।

कार्यक्रमका विशिष्ट अतिथि मिचिगन स्टेट विश्वविद्यालय, अमेरिकाका एसोसिएट प्राध्यापक डा. मारोहाङ खवाहाङले बेलायतवासी याक्थुङहरूको सक्रियता विश्वभर छरिएर रहेका याक्थुङहरूका लागि प्रेरणा भएको धारणा राखे । उत्सवलाई अन्य विशिष्ट अतिथिहरू नेपाल आदिवासी जनजाति महासङ्घ यूके अध्यक्ष जङ्ग सुनुवार, गैरआवसीय नेपाली महासङ्घ यूके अध्यक्ष योग कुमार फगामी लगायतले सम्बोधन गरेका थिए । यसअघि कार्यक्रमका प्रमुख अतिथि मेयर रिङल, विशिष्ट अतिथिहरू लगायत चुम्लुङ संस्थापकहरूले चुम्लुङ देन र उत्सवको एकसाथ उद्घाटन गरेका थिए ।

कुल २५.३३ एक्डमा फैलिएको चुम्लुङ देनको खरिद प्रक्रिया सन् २०११ मा पीपीसी गठन भएपछि सुरु भएर गत साल समापन भएको थियो । चुम्लुङ यूकेको स्थापना सन् २००३ मा भएको हो । चुम्लुङ देन खरिदका लागि झण्डै पौने आठ सय बढी सहयोगदाताहरूबाट रकम सङ्कलन गरिएको चुम्लुङ अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले जानकारी दिए । उनले भविष्यमा चुम्लुङ हिम निर्माणको परिकल्पना समेत गरिएको बताए ।

प्रत्येका वर्ष सहकालको आह्वान गर्दै मनाइने सिसेक्पा तङ्नाम उत्सवमा यसपटक भने करिब साढे चार हजार बढी याक्थुङ समुदायको उपस्थिति रहेको महासचिव गणेश इजमले बताए । उनले सन् २००६ देखि बेलायतमा भेला भएर सिसेक्पा तङ्नाम मनाउन थालिएको जाकारी दिए ।

तङ्नामको अवसर पारेर वार्षिक रूपमा चुम्लुङले केही अवार्ड तथा सम्मानपत्र पनि वितरण ग¥यो । सबैभन्दा सक्रिय चुम्लुङकर्मीलाई प्रदान गरिने चुम्लुङ अवार्ड यसपटक आसफोर्ड शाखा अध्यक्ष टङ्क येङ्देनलाई प्रदान गरिएको कार्यक्रम संयोजक विमला सेनेले जानकारी दिइन् । यसैगरी, कुशल खेल सञ्चालन गरेबापत यलम्बरहाङ अवार्ड गेहेन्द्र थाम्सुहाङलाई दिइयो । याक्थुङ कला, सँस्कृति र भेषभूषामा उल्लेख्य योगदान दिएको भन्दै अमृता केरूङलाई आर्टिष्ट अफ दि इयर अवार्डले विभूषित गरियो । यसैगरी, अल्ट्रा म्याराथन धाविका रञ्जु येङ्देनलाई समेत सम्मानपत्र प्रदान गरियो । तङ्नामको मुख्य आकर्षणका रूपमा रहेको केलाङ(च्याब्रुङ नाच) प्रतियोगिता भने यसपटक आसफोर्ड केलाङ समूहले बाजी मा¥यो । विजयी टिमलाई नगदसहित ट्रफी प्रदान गरिएको थियो । यसैगरी, कार्यक्रममा या?लाङ(धान नाच), पा?लाःम्, हाक्पारेको पनि प्रदर्शनी गरिएको साँस्कृतिक विभाग प्रमुख डम्बर साँवाले बताए । तङ्नाम उत्सवमा यूके भ्रमणमा रहेका गायक ब्रबिम शेर्माले याक्थुङ गीत गाएर मनोरञ्जन दिए । त्यस्तै, थातथलो चलचित्रकी नायिका सुमी लिवाङले आकर्षक नृत्य प्रस्तुत गरिन् । साँस्कृतिक सत्रको कार्यक्रम चुम्लुङ सहसचिव सानु सुब्बाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक विमला सेने दिएकी थिइन् । त्यस्तै, उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङले सुरक्षासम्बन्धी ब्रिफिङ र अर्का उपाध्यक्ष नरवीर आङ्वोले सिसेक्पा तङ्नामबारे संक्षेपमा जानकारी दिएका थिए ।

सम्बन्धित खवर