बन्दको क्रममा आन्दोलनकर्मी पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

बन्दको क्रममा आन्दोलनकर्मी पक्राउ

साइनो समचारदाता

पथरी । संबैधानिक निकाय लोक सेवा आयोगले विज्ञापन निकाल्दा विभेद गरेको भन्दै आज शनिबार प्रदेश नम्बर १ बन्दको आह्वान गरिएको छ ।

बन्द सफल बनाउन खटिएका नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका महासचिब अशोक चेम्जोङ मनोहर थलङ, थारूकल्याणकारी सभा इटहरीका अध्यक्ष रामरोगन चौधरी, नेपाल तामाङ घेदुङ इटहरीका अध्यक्ष चन्द्र गोङ्देन, राजेन्द्र साबा, तमु ह्युल छाेज धिं इटहरीका अध्यक्ष दिलिप गुरुङ, नेपाल शेर्पा सङ्घ इटहरीका उपाध्यक्ष तथा नेफिन इटहरीका काेषाध्यक्ष पेम्बा शेर्पा, किरात राई विद्यार्थी सुनसरीका अध्यक्ष #चन्द्रकिराती, अर्जुन राई, प्रतित राई, मनै चौधरी, सरिता राई, समिता राई अादिवासी जनजाति युवा महासङ्घ इटहरीका उपाध्यक्ष सचिताचाैधरी र बच्चु राईलगायत १५ जना इटहरीबाट पक्राउ परेका छन । इटहरी चौकमा सडक बन्द गर्न आउने क्रममा विहान ८ बजे पक्राउ परेको साँझसम्म नछाडेको संघीय लिम्बुवान मञ्चका केन्द्रीय महासचिव अशोक चेम्जोङले बताए ।समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरीत आयोगले विज्ञापन गरेको विरोधमा प्रदेस नम्बर १ बन्दको आह्वान गरेर बन्द गराउदै हिडेकाहरुलाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा आदिवासी जनताति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई, नेपाल तामाङ घेदुङका चन्द्र तामाङं लगायत महासंघका प्रदेश अध्यक्ष ध्रुब मेन्याङ्बोले जनाएका छन् ।

इटहरी चौक क्षेत्रमा भेला भएर बन्द गराउदै हिडेका १५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले स्वीकार गरिसकेका छन । आरक्षण बचाऔं नाम दिएर आन्दोलन थालेको नेपाल आदिवासी जनजाति महासंघ प्रदेस नम्बर १ ले शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको इटहरी चौकमा पुत्ला दहन समेत गरेका थिए । आफ्नाे नेता तथा कार्यकताहरुमाथि अनावश्यक दमन गरी कार्यकर्ताहरुको पक्राउ गरिएको विरोधमा आरक्षण बचाऔ आन्दोलनले आज शनिबार बेलुकी ५ बजे काठमाडौंमा विरोध जुलुस निकाल्ने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आप्mना आन्दोलनकारीहरु पक्राउ गरिएको विरोधमा काठमाडौंको भृकुटीमण्डपदेखि विरोधजुलुस निकाल्ने तयारी भएको बताए ।

सम्बन्धित खवर