पथरीमा बस र पिकप भेनको ठक्करमा को को परे, २ मृत्यु (तस्विरहरु) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

पथरीमा बस र पिकप भेनको ठक्करमा को को परे, २ मृत्यु (तस्विरहरु)

पथरी । मोरङ्गको पथरी वजारमा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा बसका सहचाल टिकाराम थापाको उपचारको क्रममा मृत्यू भएको छ भने सुन्दरहरैचा १२ का दिनेश अधिकारी घटना स्थलमै मृत्यू भएको छ। दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् भने २६ जना सामान्य घाईते भएको इलाका प्रहरी कार्यलय पथरीले बताएको छ । पुर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने पथरी वजारको पश्चिम पथरीखोला नजिकै भएको हो। पुर्व वाट पश्चिम जादै गरेको मे १ च ५३९१ नम्वरको पिकअप लाई जोगाउन खोज्दा कानेपोखरीवाट काकडभिट्टा जादै गरेको को १ ख ४८४२ नम्वरको वस विच सडकमा पल्टिएको थियो ।

पथरी प्रहरीका अनुसार सो वसमा यात्रारत मोरङ्ग उर्लावारीकी १३ वर्षीय अस्मिता खतिवडा, वर्ष ६ कि अविना खतिवडा, दमक कि १३ वर्षिय प्रविना भटराई, उर्लावारी ५ का इन्द्रमाया गुरुङ्ग, अर्जुनधारा झापाका अभिषेक कार्की, कानेपोखरी ३ का चित्र दहाल, सोहि ठाउका श्रवण दहाल, सोहि ठाउका निर्मल गिरी, श्याम कार्की, टिकाराम थापा, मदन कुमारी चापागाँइ, सुकदेव धिमाल, जिवन वराइली, प्रेम कार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केहि घाइतेलाई विराटनगर स्थीत नोवल मेडिकल कलेजमा लगिएको छ ।

ग्रामीण भेगवाट संचालन हुने सो यात्रुवाहक वसमा बालबालिका वृद्ध र महिला वढी रहेको प्रहरीले जनाएको छ । वसमा ३५ भन्दा वढि यात्रु रहेको प्रहरीको भनाइ छ । पिकअपमा भने चालक मात्र रहेको र चालक पनि गम्भिर घाइते भएका छन् । उनको पहिचान खुल्न सकेको छैन् ।

      

   

 

      

 

   

 

 

 

 

 

  

 

 

 

 

 

सम्बन्धित खवर