बाढी पीडितलाई दुई लाख - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बाढी पीडितलाई दुई लाख

प्रदेश १ मा मृत्यु हुनेको संख्या २० पुग्यो

विराटनगर / बाढी र पहिरोमा परेर मृत्यु हुनेको परिवारलाई प्रदेश १ सरकारले राहतस्वरुप तत्काल २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारले नियमित विपद् कोषमार्फत तत्कालको राहतस्वरुप रकम दिने निर्णय आइतबार मन्त्रिपरिषद् बैठकमा भएको हो । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बाढी र पहिरोमा घाइते भएकाहरुको निःशुल्क उपचार सरकारले गर्ने जानकारी दिए । प्रदेश १ मा बाढी र डुबानका कारण जनधनको धेरै क्षति भएपछि प्रदेश मन्त्रिपरिषद्को बैठक आइतबार बोलाइएको थियो । अमेरिका भ्रमणमा रहेका मुख्यमन्त्री शेरधन राई विराटनगर आएलगत्तै आकस्मिक बैठक बोलाइएको हो ।

विपदमा क्षतिको अवस्था र राहतका विषयमा आगामी मन्त्रिपरिषद् बैठकले थप निर्णय लिने प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले बताए । उनले बाढी र डुबानका कारण अवरुद्ध बाटो खुलाउन र पीडितहरुको उद्धारमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई बाढी र डुबानमा परेका मानिसको खोज तथा उद्धारमा परिचालन गरिएको उनको भनाइ छ ।

प्रदेश १ मा बाढी र पहिरोमा परेर आइतबार साँझसम्ममा २० जनाको मृत्यु भइसकेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर दाहालका अनुसार सबै भन्दा बढी भोजपुर र ओखलढुंगामा ५÷५ जनाको मृत्यु भएको छ । खोटाङमा तीन, उदयपुर र झापामा दुई÷दुई, इलाम, पाँचथर र सुनसरीमा एक÷एक जनाको मृत्यु भएको एसएसपी दाहालको भनाइ छ । बाढी र पहिरोमा परेर १६ जना घाइते र ९ जना बेपत्ता भएका छन् । बाढी र पहिरोले चार हजार बढी परिवार प्रभावित भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर