वर्षेनी कटान हुने बक्रा नदि, १३ सय घर धुरी जोखिममा (फोटो फिचर) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, बैशाख १०, २०८१

वर्षेनी कटान हुने बक्रा नदि, १३ सय घर धुरी जोखिममा (फोटो फिचर)

गोपाल काफ्ले पथरी/ मोरङ्को पथरीशनिश्चरे नगरपालीका ५ मा पर्ने सुन्दरी चौक जैनघट्टामा बक्रानदिले कटान सुरु गरेको छ । गत हप्ताबाट पर्दै रोकिदै गरेको अविरल बर्षाले बक्राहा नदि किनाराका बासिन्दाहरु त्रासित बनेका छन ।

गत राति देखि परेको अविरल बर्षाका कारण वडा नं. ५ को तटबन्धन उच्च जोखिममा परेको छ । बर्से्नि कटान हुँदै बस्ति डुबाउदै आएको नदिको दिर्घकालिन तटबन्धन नहुदा नदि छेउमा पर्ने पथरीशनिश्चरे, उर्लाबारी, सुनबर्षी र रतुवामाई नगरपालिका बर्से्नि डुवान हुँदै आएको छ ।
कटान नियन्त्रणका लागि लगाईएको ३ वटा स्पर मध्ये बक्रानदिले २ वटा स्पर बगाएको छ । शनिवार रातिको बर्षाका कारण नदिले लगभग १५ मिटर कटान गरिसकेको स्थानीयको भनाइ रहेको छ ।

तटबन्ध भत्किएमा पथरीशनिश्चरे वडा नं. ५ का १३ सय घर धुरी डुबानमा पर्ने र अन्य वडा समेत जोखिममा पर्ने छ। खोला समयमै नर्फर्काएमा पथरीशनिश्चरे ५ र ६ सुनर्बर्षी नगरपालिका २, उर्लाबारी नगरपालिका र रतुवामाईको केही वडा डुवानमा पर्ने छन । बक्राहा नदिले खोलाको दुबै पटिको बस्ति जोखिममा पारेको छ । नदिको बिचमा रहेको पथरीशनिशचरे वडा नं. ५ को मैलिबारीको ८०र८५ घर नदिको उच्च जोखिममा रहेको छ । जहाँ पुग्न बक्रानदि तर्नु पर्छ ।
हाल नदि नियन्त्रणका लागि पथरीशनिश्चरे नगरले प्रयास गरिरहेको छ । तटबन्धन भएको स्थानमा जनप्रतिनिधी, सुरक्षा निकाय पुगिसकेका छन भने स्थानियलाई सुरक्षीत राख्न र सुरक्षित रहन नगरले सुचना जाहेर गरेको छ ।

 

 

 

 

 

 

सम्बन्धित खवर