पथरीमा प्रदेश स्तरीय वक्तित्व कला प्रतियोगिता हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

पथरीमा प्रदेश स्तरीय वक्तित्व कला प्रतियोगिता हुने

साइनो समचारदाता पथरी / धार्मिक सद्भाव कायम र विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले १ नम्बर प्रदेशको अन्तर कलेज स्तरीय वक्तित्व कला प्रतियोगिता हुने भएको छ । मोरङको लेटाङमा मुख्य कार्यालय रहेको सामुदायिक विकास मञ्च (सीडीएफ) र अन्तर धार्मिक शान्ति सञ्जालको आयोजनामा साउन २४ गते वक्तित्व कला प्रतियोगिता हुने भएको हो ।


आयोजक सीडीएफले आज .(असार २३) मोरङको पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा वक्ताले ‘सामुदायिक शान्ति निर्माणको लागि धार्मिक सहिष्णुता’ शीर्षकमा वक्तव्य दिनुपर्ने आयोजक समितिले जनाएको छ । पथरीशनिश्चरे—२ को सीनभिजेल पार्टी प्यालेसमा हुने कार्यक्रमको लागि साउन १५ गते भित्र आवेदन दिनुपर्ने शावित्रा शिवाकोटीले बताए ।
आवेदन दिन कम्तिमा ११ कक्षा पढ्दै गरेको हुनु पर्ने सुमन कुरुङ्वाङ्गले बताए । प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो हुने प्रतिष्प्रर्धीले क्रमस नगद २५, १५ र १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा सीडीएफ नेपालको अध्यक्ष कृष्णबहादुर भट्टराई, परियोजना संयोजक सावित्रा शिवाकोटी, आकाश थुलुङ राई, अन्तर धार्मिक युवा सञ्जालको संयोजक सुमन कुरुङ्बाङ्ग लगायतको उपस्थिति रहेको थियो ।
सामुदायिक विकास मञ्चले विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसँग मिलेर नेपाल धार्मिक सहिष्णुता कायम गर्न कार्यक्रमहरु गर्दै आएको छ । विश्वको विभिन्न मुलुकहरुमा हुँदै आएको धार्मिक द्वन्द्व नेपालमा नभित्रियोस भन्ने उदेश्यले विभिन्न कार्यक्रमहरु गर्र्दै आएको छ ।

सम्बन्धित खवर