बढ्दो दुर्घटना, घट्दो मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

बढ्दो दुर्घटना, घट्दो मृत्यु

गोपाल काफ्ले

‘सुनौ बाबा, सुनौ आमा, सुनौं दाजु भाइ,
बुझ्नै पर्छ, मान्नै पर्छ ट्राफिक नियमलाई
‘सुनौ बाबा, सुनौ आमा, सुनौं दिदीभाइ,
बुझ्ने पर्छ मान्नैपर्छ ट्राफिक नियमलाई
बर्षौ दिनको यो अभियानमा
दुर्घटना नहोस् आउने दिनमा…’


गायक गंगा गौतमले गाएको जनचेतामूलक गीत झै मोरङ बस यातायात संघका अध्यक्ष धनकुमार तामाङले ट्राफिक व्यवस्थापनमा सबै भन्दा ठूलो कुरा जनचेतना आवश्यक रहेको ठान्छन् । पैदल यात्री, सवारी चालक, सहचालकलगायत सरोकारवालाहरुले टाफिक नियम पालना नगरेकैले दुर्घटना बढेको उनको भनाई छ । उनले मूल तथा शाखा बाटोहरुमा खाल्टोखुल्डीले पनि दुर्घटना बढ्ेकाले स्थानीय सरकारले बाटो मर्मत गर्नुुपर्ने औल्लाएका छन् ।
ट्राफिक कार्यालय पथरी शनिश्चरे मोरङको आर्थिक वर्ष २०७३/०७४ मा २ सय ७३ जनाको सवारीबाट दुर्घटना मृत्यू भएको छ । त्यसमा १० जना महिला, ५२ जना पुरुष, ४ जना बालक र १ बालिकाको मृत्यू भएको देखिन्छ । २०७४/०७५ मा ३ सय १२ सवारी दुर्घटना भएको तथ्याङ्कमा देखिन्छ । जस्मा ६ महिला ५५ पुरुष १ बालक र २ बालिका गरि ६४ जनाको मृत्यू भएको छ । अघिल्लो बर्षको तुलनामा मृत्यूको संख्या ३ जना कम भए पनि दुर्घटना संख्या भने ३९ ओटा बढेको देखिन्छ ।
२०७३/०७४ मा ३ सय ९९ सवारी कार्वाहीमा परेका थिए भने २०७४/०७५ बढेर ४ सय ७१ पुगेको छ । जस्मा मोटर साईकलको संख्या बढी रहेको छ । २०७३/०७४ मा १ सय ९२ मोटर साइकल, ६५ कार जिप भेन, ५९ बस, २९ ट्रक, १३ ट्याक्टर, ५ ट्याम्पो, १ ठेला रिक्सा र साइकल र ३५ अन्य दुर्घटना भएको छ । २०७४÷०७५ मा आएर दुर्घटना झन बढेको छ । मोटर साइकल २ सय ४६ दुर्घटना भएका छन भने ६४ कार जिप भेन , ४८ बस, ३१ ट्रक, २४ ट्याक्टर, १३ ट्याम्पो, ३१ ठेला रिक्सा र साइकल र १३ अन्य रहेको छ ।

अर्थिक बर्ष २०७३/०७४ मा मात्र १८ हजार सवारीलाई कार्वाहीको दायरामा ल्याएर १ करोड १० लाख ९६ हजार राजस्व संकलन गरेको छ । त्यस्तै २०७४/०७५ मा ३३ हजार ८ सय सवारी साधन कार्वाहीमा परेका छन । जसबाट १ करोड ३४ लाख ७४ हजार ५ सय राजस्व संकलन गरेको छ । यो दुई बर्षको डाटा हेर्ने हो भने २३ लाख ७८ हजार ५ सय बढी राजस्व बढी उठेको छ भने सवारी कार्वाहीको संख्या पनि १५ हजार ८ सयले बढी रहेको छ ।
पथरी ट्राफिक कार्यालयको क्षेत्र पश्चिममा बुढी खोला र पूर्वमा मावा खोला भित्र पर्छ । जसको क्षेत्रफल ३५ किलोमिटर छ । कार्यालय मातहतमा ट्राफिक प्रहरी पोष्ट उर्लाबारी, ट्राफिक प्रहरी पोष्ट बेलबारी, ट्राफिक प्रहरी पोष्ट लेटाङ, ट्राफिक प्रहरी पोष्ट गोठगाउँ, ट्राफिक प्रहरी पोष्ट विराट चोक रहेको छ । पथरीमा २०५८ सालमा ट्राफिक कार्यालय स्थापना भएको हो । सो बेला ७ जनको दरबन्दी थियो । कार्यालयमा १ प्रहरी हबल्दार, ३ प्रहरी जवान, १ प्रहरी नायक निरीक्षक सहित ५ जना कार्यारत छन् ।
चालु आर्थिक वर्षको साउनमा ४९ वटा सवारी दुर्घटना, ५ को मृत्यु, १२ जना गम्भीर घाइत, ५० जना सामान्य घाइते गरी २९ जम्मा दुर्घटना भएको थियो । भदौमा ४५ वटा सवारी दुर्घटना, ३ को मृत्यु, १४ जना गम्भीर घाइत, २७ जना सामान्य घाइते गरी ३० जम्मा दुर्घटना, अशोजमा ३१ वटा सवारी दुर्घटना, ६ को मृत्यु, ८ जना गम्भीर घाइत, ३० जना सामान्य घाइते गरी २१ जम्मा दुर्घटना, कार्तिकमा ४३ वटा सवारी दुर्घटना, ६ को मृत्यु, १४ जना गम्भीर घाइत, ५१ जना सामान्य घाइते गरी ३० जम्मा दुर्घटना भएको छ । मंसिरमा ४४ वटा सवारी दुर्घटना, १४ जना गम्भीर घाइत, ४५ जना सामान्य घाइते गरी ३० जम्मा दुर्घटना, पुसमा ३३ वटा सवारी दुर्घटना, ५ को मृत्यु, ६ जना गम्भीर घाइते, १३ जना सामान्य घाइते गरी २२ जम्मा दुर्घटना, माघमा २८ वटा सवारी दुर्घटना, ५ को मृत्यु, ५ जना गम्भीर घाइते, २० जना सामान्य घाइते गरी २१ जम्मा दुर्घटना, फागुनमा २७ वटा सवारी दुर्घटना, ४ को मृत्यु, ६ जना गम्भीर घाइते, ३० जना सामान्य घाइते गरी २२ जम्मा दुर्घटना, चैतमा ३७ वटा सवारी दुर्घटना, ६ को मृत्यु, ११ जना गम्भीर घाइते, ३२ जना सामान्य घाइते गरी ३० जम्मा दुर्घटना भएको छ । त्यस्तै बैशाखमा २८ वटा सवारी दुर्घटना, ७ को मृत्यु, ९ जना गम्भीर घाइते, १३ जना सामान्य घाइते गरी २१ जम्मा दुर्घटना र जेठमा ३९ वटा सवारी दुर्घटना, ४ को मृत्यु, ९ जना गम्भीर घाइते, २९ जना सामान्य घाइते गरी २५ जम्मा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । गत साउनदेखि जेठसम्म ४ सय ४ सवारी दुर्घटना, ५१ जनाको मृत्यु, १ सय ८ जना गम्भीर घाइते, ३ सय ४० सामान्य घाइते र २ सय ७८ दुर्घटना भएको र २५ हजार २ सय ७३ सवारी साधन कार्बाहीमा परेको देखिन्छ भने १ करोड ४९ लाख ५ सय राजश्व संकलन गर्न सफल भएको छ । गत आर्थिक वर्षको भन्दा चाल वर्षको जेठ सम्ममा १४ लाख २६ हजार राजश्व बढी भएको देखिन्छ । त्यस्तै गत आर्थिक वर्षभन्दा भन्दा चालु जेठ सम्ममा १३ जना मृत्यु संख्या घटेको र ८ हजार ५ सय २७ कारबाही संख्या कम भएको छ ।


ट्राफिक व्यवस्थापनको लागि माद्यप पदार्थ सेवन (मापसे) क्लास, मापसे सेवनको लागि परीक्षा, ट्राफिकको अनवरत कार्यक्रम गरिरहेको छ । ट्राफिक कार्यालय पथरीले जेसीस, नेपाल रेडक्रस सोसाइटी विभिन्न विद्यालको सहकार्यमा ट्राफिक सचेतना बारे कार्यक्रम गर्दै आएको छ । पथरी शनिश्चरे सहकारी कर्मचारी संगठनले दुर्घटनाग्रस्त बाटोमा होडिङ बोर्ड राखेको छ । पथरीको सिंहबाहिनी माध्यमिक विद्यालय, भागीरथ माध्यमिक विद्यालय, कानेपोखरीको जनता आधारभूत विद्याललगायत शिक्षालयका विद्यार्थीहरुलाई ट्राफिक सचेतना बारे सूसचित गरेको छ । स्कुल बसकार ड्राइभर, सहचालक, अभिभावकलाई पनि ट्राफिक ज्ञान दिदै आएको छ । पूर्व पश्चिम लोकमार्गमा गुड्ने सवारी साधनमा नम्बर प्लेट लेख्ने, ‘चालकसँग १ मिनेट’ कार्यक्रम, यात्रु÷चालकहरुलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशन गरेको अपिल, ट्राफिक प्रहरी कार्यालय पथरी शनिश्चरले प्रकाशन गरेको प्रचार सामाग्री वितरण गर्दै आएको छ । अपुरणीय क्षति रोक्न कुशल ट्राफिक व्यवस्थापन सुन्दर र व्यवस्थित शहर बनाउन सहयोग गर्न सबैलाई अपिल गरिएको छ । न्यून जनशक्तिको बाबजुत कार्यालयले ट्राफिक व्यवस्थापन गरिरहेको छ । कार्यालयले स्थानीय सरकार पथरी शनिश्चरे र कानेपोखरीलाई कार्यालयको भौतिक पूर्वाधारको घेराबारा, पानी चुहिने भएकाले कार्यालय मर्मत, कम्प्युटर, प्रिन्टर खरिदको लागि सहयोग मागेको कोइरालाले बताएका छन् । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले ट्राफिक कार्यालयको अनुगनम, छलफल गरेर आवश्यक बजेट विनियोजन गर्ने जनाए ।
ट्राफिक कार्यालय पथरीका प्रहरी नायब निरीक्षक मणिराज कोइरालाले सहरीकरण, बढ्दो घना बस्ती, सडकको अवस्था, सवारी साधनको बढ्दो संख्या, पैदल यात्री, यात्रु, चालकको लापरबाहीले दुर्घटना संख्या बढेको बताएका छन् । सडक प्रयोग गर्दा धैर्य हुनुपर्ने बताउँदै उनले ‘म सचेत छु, त्यसैले सुरक्षित छु’ भन्ने चेत हुन आवश्यक रहेको सुझाए । ‘असुरक्षित प्रतिस्पर्धा हैन, सुरक्षित प्रतिस्पर्धा गर्नुपर्छ ।’ उनको आग्रह छ, ‘दुर्घटना न्यूनिकरण, ट्राफिक व्यवस्थापन सबैको साझा प्रयास हुनुपर्छ ।’

सम्बन्धित खवर