साइनो समचारदाता
काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले प्रतिनिधि सभा सांसद प्रदीप यादवलाई मंगलबार पार्टी सदस्यबाट ६ महिनालाई निलम्बन गरेको छ ।
गत मेमा लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा राजपाका सांसद एकवाल मियाँसँगै सहभागी भएको भन्दै सांसदलाई निलम्बन गरिएको हो । सांसद स्वतन्त्र तिब्बत माग गर्दै भएको कार्यक्रममा सहभागी भएको खबर सार्वजनिक भए लगत्तै काठमाडौंस्थित चिनियाँ दूतावासले समेत चासो देखाएको थियो । समाजवादी पार्टीले लाटभिया भ्रमणबारे सांसद यादवसँग स्पष्टीकरण सोधेको थियो । यादवको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीको पदाधिकारी बैठकले ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । उपमहासचिव प्रकाश अधिकारीले पार्टीको नीति विपरीत काम गरेको पाइएकाले निलम्बनको निर्णय गरिएको बताएका छन् । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव मधेसकै पहिरनमा प्रतिनिधि सभामा मातृभाषा भोजपुरीमा नै सपथ लिएका छन् ।