Website, SMS र IVR बाट हेर्न सकिन्छ तर एसईई रिजल्ट, कसरी हेर्ने ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

Website, SMS र IVR बाट हेर्न सकिन्छ तर एसईई रिजल्ट, कसरी हेर्ने ?

साइनो समचारदाता

भक्तपुर । ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएको एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुदैछ । यसवर्ष सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी सहभागी भएका थिए ।

यस वर्षको एसईई परीक्षामा नियमितर्फ सबैभन्दा धेरै प्रदेश ३ बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् । प्रदेश १ बाट ७९ हजार ७ सय १९, प्रदेश २ बाट ६४ हजार ८ सय ६८, गण्डकी प्रदेशबाट ४६ हजार ५ सय ७१ परीक्षार्थी छन् । त्यसैगरी प्रदेश ५ बाट ७३ हजार २ सय ८५ र प्रदेश ७ बाट ४९ हजार ९ सय ३९ ले परीक्षा दिएका थिए । अघिल्लो वर्षको तुलनामा एसईई दिने विद्यार्थीको संख्या यो वर्ष घटेको छ । अघिल्लो वर्ष कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी रहेकामा यस वर्ष करिब १० हजार कम सहभागी भएका थिए । २०७५ साल चैत १० गतेदेखि सञ्चालन गरिएको थियो ।

परीक्षाको उत्तरपुस्तिका परीक्षणपछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सम्भवतः बुधबार नै प्रकाशित हुनेछ । नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। उनले भने, ‘एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिनेछ । प्रकाशनको अन्तिम तयारीमा हामी लागेका छौं।’ कार्यालयले परीक्षाको नतिजा सम्बन्धी विवरण हेर्न सकिने व्यवस्थाको सूचना जारी गरिसकेको छ । कथंकदाचित प्राविधिक पक्ष मिलाउन ढिलाइ भएमा बिहीबारसम्म नतिजा आउँछ’, कार्यालयका एक अधिकारीले भने ।परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ।

यसरी हेर्न सकिन्छ नतिजा

नेपाल टेलिकमबाट एसएमएस र आईभीआर प्रयोग गर्दै १६०० सर्टकोड बाट नतिजा हेर्न सकिन्छ । एनसेलबाट एसएमएस प्रयोग गर्दै १६०० सर्टकोडबाट पनि मज्जाले नतिजा हेर्न सकिन्छ । एनसेल, नेपाल टेलिकमसहित ६ वटा फर्म/संस्थाबाट नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले बताएको छ ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारको वेवसाइट www.moest.gov.np शिक्षा तथा मानब स्रोत विकास केन्द्र सानोठिमीको वेवसाइट www.boe.gov.np परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेवसाइट www.see.gov.np लगायत ११ वेवसाइबाट पनि सूचना पाउन सकिन्छ ।

सम्बन्धित खवर