सुझाव संकलन गर्दै सहकारी बैंक पूर्वमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

सुझाव संकलन गर्दै सहकारी बैंक पूर्वमा

गोपाल काफ्ले 

पथरी / राष्ट्रिय सहकारी बैंक लि. ले आफ्ना सदस्य संस्थाहरुबाट सुझाव संकलन गर्ने उद्देश्यले पूर्वमा अन्तरक्रिया गर्न निस्केको छ । राष्ट्रिय सहकारीले आफ्ना सदस्य संस्थाहरुमा पुर्याउदै आएको सेवा सुबिधाका बारेमा जानकारी गराउदै थप प्रभावकारी सेवाको लागि सुझाव संकलन गर्ने ऊदेश्यले अन्तरक्रिया कार्यक्रम गर्दै हिडेको बैंकका पुर्व अध्यक्ष साथै राष्ट्रिय सहकारी महासंघका संचालक रमेशप्रसाद पोखरेलले बताए ।

राष्ट्रिय सहकारी बैंक लि. उर्लाबारीको आयोजनामा बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा पुर्व अध्यक्ष साथै राष्ट्रिय सहकारी महासंघका संचालक रमेशप्रसाद पोखरेलले सहकारी अभियानलाई थप प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंकको महत्वपूर्ण सहयोग रहने जानकारी गराए । उनले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि राष्ट्रिय सहकारी बैंकसंग सहकार्य गर्न सबै सहकारी संघ संस्थाहरुलाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकले प्रदान गर्दै आएको सेवा सुबिधा सामाजिक उत्तरदायित्वमा राष्ट्रिय सहकारीले खेलेको भुमिका र भार्वी योजनाको बारेका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले जानकारी गराएका थिए ।


हाल नेपाल भरी ४४ ओटा शाखा रहेको र अब चाडै ८४ वटा पुरुयाउदै सहकारी सस्थाहरूलाइ स्तरीकरण गर्ने, एटिएम सेवा उपलब्ध गराउने र एक्सेस ब्राण्डिंग कार्यक्रम ल्याउने तयारी भएको कार्यकारी अधिकृत गुरगाईले बताए । १ सय भन्दा बढि उपस्थित सदस्य संस्थाका प्रतिनिधिहरूले राष्ट्रिय सहकारी दिने ऋणको ब्याजदर कम गर्नु पर्ने, शाखा बिस्तार गर्नु पर्ने, स्तरीकरण कार्यक्रमको रिपोट ढिलो आउने गरेको जस्ता समस्या रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक र सदस्य संस्थाहरुबीच सहकारी अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उर्लाबारी शाखाकी प्रमुख मुना केसीले बताईन । कार्कीले राष्ट्रिय सहकारी बैंकले देशै भरि यस्तो कार्यक्रम सुरु गरेकाले भोलिका दिनमा सदस्य संस्थाको मन जित्दै चुस्त दुरुस्त सेवा प्रवाह गर्ने बताईन ।

देश दौडानमा निस्केको बैकले ४ गते पुर्वकै ठुलो शहर बिराटनगर ५ गते बिहिबार उर्लाबारी र दमकमा सुझाव संकलन गरेको छ भने ६ गते झापाको बिर्तामोड र इलामको इलाम बजारमा हुने कार्कीले बताईन । सहकारी बैंकले उर्लाबारी सहकारी बैंकबाट उत्कृष्ट कारोबार गर्ने उर्लाबारीको महिला उत्थान साकोस र श्रीसगरमाथा साकोसलाई बर्षको उत्कृष्ट सहकारीको रुपमा सम्मान गरिएको छ ।

सम्बन्धित खवर