२५० ले देखाए प्रतिभा, १ सय ६५ जना छानिए - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०९, २०८१

२५० ले देखाए प्रतिभा, १ सय ६५ जना छानिए

साइनो समचारदाता

विराटनगर । एकल गायन र नृत्य समावेश गरिएको ‘प्याब्सन आँगन’ प्रतियोगिताको छनौट चरणको अडिसन सम्पन्न भएको छ । प्याब्सन विराटनगरले आयोजना गरिएको अडिसन विराटनगर शनिबार सम्पन्न भएको हो ।

८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिए । पहिलो अडिसनबाट १६५ जना छनौट भएको उनले बताए । अध्यक्ष राइका अनुसार नृत्यतर्फ ९६ र गायनतर्फबाट ६५ जना छनौट भइ क्वाटरफाइनलमा प्रवेश गरेको जानकारी दिए । क्वाटरफाइन असार १३ गते हुनेछ । ‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ उक्त प्रतियोगिता सुरु भएको हो । पहिलो अडिसनमा सोचभन्दा राम्रो संख्यामा प्रतियोगिहरूले भाग लिएको उनले बताए । ‘प्याब्सन विराटनगरले पहिलो पटक आयोजना गरिएको सृजनात्मक प्रतियोगितामा उत्साहजनक विद्यार्थीको सहभागि छ,’ उनले भने, ‘प्याब्सनले गर्ने यो प्रतियोगिता शयरहित, निष्पक्ष र भव्य रूपमा ग्राण्ड फिनाले गर्नेछ ।’ विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिएका छन् । तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगि फाइनलमा पुग्नेछन् । दुवै विधातर्फको सेमिफाइनलसम्म २५÷२५ जना छनौट गरि फाइलनमा १०÷१० जना पुग्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफि प्राप्त गर्नेछन् । अन्य उपबिजेता हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने अध्यक्ष राईले बताए । संयोजकमा निश्चल मगर रहेका छन् भने गायनतर्फको प्राविधिक संयोजकमा सुमन श्रेष्ठ छन् ।

सम्बन्धित खवर