यायोक्खाले ९ वटा विभगीय प्रमुख तोक्यो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०९, २०८१

यायोक्खाले ९ वटा विभगीय प्रमुख तोक्यो

साइनो समचारदाता

काठमाडौ । किरात राई याओक्खाको जेठ ३१ गते बसेको केन्द्रीय सचिवालय बैठ्कले ९ वटा विभागीय प्रमुख र ७ उपसमितिको संयोजकहरु तोकेको छ ।

संगठन विभग प्रमुखमा उपमहासचिव भीम राई, प्रचार विभाग प्रमुखमा सचिव अर्जुन जम्नेली राई, अनुशासन बिभागमा उपमहासचिव शुभचन्द्र राई, विदेश बिभागमा उपाध्यक्ष जीवन हाताचो राई, सचिवहरु कृष्ण, हेमन्त, दोर्पध्वज राई र मातृका राईलाई क्रमश जैविक तथा प्रकृतिक श्रोत संरक्षण, शैक्षिक, कानून र महिला विभागमा प्रमुख, आर्थिक विभागमा कोषाध्यक्ष देवान राईलाई चयन भएका छन । त्यसैगरी उपाध्यक्षहरु तिलकप्रसाद राई, ज्ञानबाहादुर राई, टिकासरी राई, राकेश राई र जीवन हाताचो राईलाई क्रमस किरात प्रदेश अभियान उपसमिति, अक्षयकोष ब्यबस्थापनमा र भाषिक तथा थरगत उपसमिति सामाजिक कल्याण तथा जातीय संस्था समन्वय समिति र भातृ संस्थाहरुको संयोजकको जिम्मेवारी तोकिएको महासचिव जनक राईले बताए । भाषा, धर्म तथा संस्कृति र प्राज्ञ परिषद्माको संयोजक महासचिव जनक राई जिम्मेवारी दिइएको छ ।

बैठकले केन्द्रीय सदस्यहरुलाई जिल्ला इन्चार्जहरु समेत तोकेको छ । झापामा इन्द्रमान, मोरङमा नवीन राई, सुनसरीमा कमला राई, ताप्लेजुङमा मनोज वान्तावा, इलाममा प्रेम नाछिरिङ, धनकुटामा अस्मिका राई, उदयपुरमा विमल किराँती, भोजपुरमा तारा राई, खोटाङमा अन्जना राई, काठमाडौमा दिलिप वान्तावा राई, ललितपुर कपिल राई, भक्तपुर राकेश चाम्लिङ राई, बारा, पर्षा, मकवानपुर सर्बधन राई र सिराहा सप्तरीमा युवराज राईलाई इन्चार्ज तोकेको छ ।

सोलुखुम्बु ओखलढुंगा उपाध्यक्ष जीवन हाताचो राई, कैलली, सल्यान, पाल्पा उपमहासचिव भीमराज राई, संखुवासभा सचिव मातृका राई र तेह्रथुम कोषाध्यक्ष देवान राईलाई इन्चार्ज तोकिएको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले बताए ।

सम्बन्धित खवर