देशमै पहिलो पटक कोपोमिस अभिमुखिकरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

देशमै पहिलो पटक कोपोमिस अभिमुखिकरण

साइनो समचारदाता

पथरी । सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे इलाका समितिले एकीकृत सूचना प्रणाली (कोपोमिस) अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । तालिम विहिवारदेखि सुरु भएको थियो ।

नगरका ३४ सहकारीका ३४ कर्मचारीले सहभागिता जनाएको तालिमलाई कल्याण बजगाईले सहजीकरण गरेका थिए । गरिबी निवारण तथा सहकारी मन्त्रालयले सबै सहकारीलाई ३ बर्ष भित्र एकीकृत सूचना प्रणाली (कोपोमिस)मा आउन आह्वान गरेको थियो । सरकारले २०७४ कार्तिकमा सहकारी ऐन सुरु भए देखि नै कोपोमिसको प्रयोगमा जोड दिइएको हो । सहकारी ऐनका अनुसार ५ करोड भन्दा कम पुँजीका सहकारीले ३ वर्ष भित्रमा र ५ करोड भन्दा वढी पुँजी भएका सहकारीले १ वर्ष भित्रमा कोपोमिसको प्रयोग सुरु गरिसक्नुपर्ने जनाइएको छ ।

तालिम समापन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिब एकराज निरौलाले स्थानीय सहकारी ऐन पास भएको वा नभएको बारे जिज्ञासा राखेका छन् । सहकारीका लागि स्थायी कोष बनाउनु पर्ने बताउँदै उनले नगरका सहकारीहरु एकीकरण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नगरका ६८ सहकारी एकीकरणका लागि पहल गर्न आवश्यक छ । ४१ बचत तथा ऋण एकीकरण गर्दा पुँजी १ अरब हुन्छ ।’ नगर प्रमुख दिलिप कुमार राईले स्थानीय तहको एकल अधिकारलाई संघीय सरकारले कुन्ठित पारेको दाबी गरेका छन् । उनले सहकारी ऐन कानुन बन्ने क्रममा रहेको बताएका छन् । ऐन संघ र प्रदेश सरकारले बनाएपछि मात्र बनाइने जनाएका छन् । वडा नम्बर ७ का अध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक कपिलमणि ढकाल, जिल्ला सहकारी संघका योगराज पौडेल, सहभागीद्वय आरति सहकारीकी सुस्मा मगर, कन्तुर सहकारीका राजेन्द्र भट्टराईलगायतले बोलेका थिए ।

एकीकृत सूचना प्रणाली कसरी चलाउने भन्ने बारेमा सबै कर्मचारीमा ज्ञान नभएका कारण कर्मचारी संगठनले अभिमुखिकरण तालिम आयोजना गरेको हो । संगठनका अध्यक्ष गणेशकुमार बाछाना राईले कोपोमिस तालिम सहकारी संघसंगठनले आयोजना गरेको देशकै पहिलो कार्यक्रम गरिएको बताएका छन् । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र र अतिथिहरु आयोजकले मायाको चिनो वितरण गरेका थिए ।

सम्बन्धित खवर