साइनो समचारदाता
ललितपुर । याक्थुङ लेखक सङ्घ (यालेस) उपत्यका समिति शनिबार चुम्लुङ हिम् ललितपुरमा गठन भएको छ ।
समितिको अध्यक्षमा बिष्णु नेम्बाङ, उपाध्यक्षमा सीता तुम्खेवा, सचिबमा कबिन्द्र सम्बाहाङ्फे, सहसचिबमा याक्थुङ्बा सुनिल आङ्बो, कोषाध्यक्षमा शनि लिम्बु छन् । सदस्यहरुमा उत्तम लिम्बु, पुजन जबेगु, संगिता सुहाङ, कुबेर आङ्बो, काप्पोबा चुम, इक्सा चेम्जोङ र रन्जुला तेयुङलगायत २१ सदस्यीय समिति चयन गरिएको हो । समितिले स्वप्निल स्मृति, विमला तुम्खेवा, टङ्क सम्वाहाम्फे, खगेन्द्र पन्धाक, हर्क बहादुर योङ्हाङ्, भुपेन्द्र खुदाङ, देवेन्द्र खापुङ्, यासेली योङ्हाङ, राधिका हुक्पा चोङ्वाङ, किशोर सुब्बा र प्रविना पन्धाकलाई सल्लाहकारमा चयन गरेको छ । हाङ्युग अज्ञातको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।