चुलाचुली पाठशाला नाटक उत्सब सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

चुलाचुली पाठशाला नाटक उत्सब सुरु

साइनो समचारदाता

चुलाचुली(इलाम)। विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजिझ नारा रहेको चुलाचुली रंग मञ्चले शैक्षिक पाठ्यक्रमलाई आधार मानेर ‘चुलाचुली पाठशाला नाटक उत्सव–२०७६’ सुरु भएको छ । सामुदायिक कर्वड हल चुलाचुली ३, इलाममा झापा धरमपुरको सिकिया पुस्तकालयको नाटक ‘मंगली’, श्री अमृत मेमोरियल बोर्डिङ, इलामको ‘लौरी’, श्री चुलाचुली बोर्डिङ स्कुल, इलामको ‘दुई केटी’ मञ्चन भइरहेको छ ।

शनिबारदेखि चुलाचुली रंगमञ्च र सुरूवात थिएटर, क्रियटिभ जर्नी फाउन्डेसन तास्मनीया अष्ट्रेलियासंगको संयुक्त आयोजना उत्सब सुरु भएको हो । सम्मुद्घाट्न कार्यक्रममा प्रमुख अतिथि गायक तथा साहित्यकार गणेश रसिक, विशिष्ट अतिथि चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  भोलि असार १ गते मञ्चन हुन गइरहेको नाटक उत्सवमा जुनियर ६ निर्देशकहरूको ६ वटा फरक विषयमा रहेको नाटक मञ्चन हुनेभएको छ । दोस्रो दिन मञ्चन हुने नाटकहरू जनता माध्यमिक विद्यालय, इलामको ‘पुनः मिलन’, झापाको परिवर्तन थिएटरको ‘छुई’, श्री अंन्तु एकेडेमी, इलामको ‘चमेली’ नाटक मञ्चन हुदैछ ।

२ लाख ५० हजार बढी खर्च हुने नाटक उत्सवमा झापा कदम थिएटर, मानव कम्प्युटर इन्स्टिच्युट, चुलाचुलीको सहकार्यमा आयोजना भइरहेको छ । चुलाचुली गाउँपालिका र गाउँपालिका रहेको ६ वटा वडा कार्यालयहरूको समेत समन्वय रहने आयोजकले जानकारी गराएको छन् ।

सम्बन्धित खवर