एकिकृत सुचना प्रणाली तालिम सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, बैशाख १०, २०८१

एकिकृत सुचना प्रणाली तालिम सुरु

साइनो समचारदाता पथरी/ रमोरङको पथरीशनिश्चरेमा रहेको सहकारी कर्मचारी संगठनले एकिकृत सुचना प्रणाली (कोपोमिस) तालिम सुरु गरेको छ । पथरीशनिश्चरे क्षेत्रमा ६८ ओटा सहकारी रहेको छ भने कर्मचारी संगठन भित्र रहेका ३४ वटा सहकारीका कर्मचारीहरुले यो तालिममा सहभागिता जनाएका छन् । गरिबी निवारण तथा सहकारी मन्त्रालयले सबै सहकारीलाई ३ बर्ष भित्र एकिकृत सुचना प्रणाली  (कोपोमिस) मा आउन आवाहन गरेको छ । तर उक्त एकिकृत सुचना प्रणाली कसरी चलाउने भन्ने बारेमा सबै कर्मचारीमा ज्ञान नभएका कारण कर्मचारी संगठनले अभिमुखी करण तालिम सुरु गरेको हो ।

विहिवार देखि शनिवार सम्म संचालन हुने तालिमको कार्यक्रमका प्रमुख अतिथि नगर प्रवक्ता तथा वडा नं। २ का वडाध्यक्ष यम प्रसाद गुरागाँइले गर्नु भएको थियो । गुरगार्यले आउने दिनमा सहाकारीका लागि नगरमा छुट्टै शाखा खडा गर्ने कुरामा पहल गर्ने बताए गर्दै नगरमा सहकारी लगाय अन्य शाखाहरुका प्रमुख नहुँदा कामगर्न निकै कठिन भएको भन्दै आगामी बजेटमा सहकारी र सहकारी कर्मचारी संगठनलाई सहजिकरण हुने गरि बजेट व्यवस्थापन गर्न नगर तयार हरेको गुरागाँइले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी वैंक उर्लाबारी शाखा प्रमुख मुना केसी, जिल्ला वचत तथा ऋण सहकारी संघ उपाध्यक्ष विना राई, जिल्ला सहकारी संघ मोरङ सदस्य युवराज भट्टराई, कार्यक्रममा सहकारी कर्मचारी संगठन उर्लाबारीका अध्यक्ष चक्र खड्का लगाएतले एकिकृत सुचना प्रणालीमा नआउदा सहकारी र कर्मचारीले भोग्नु परेको समस्या अवगत गराउदै सबै कर्मचारीलाई भिमुखीकरण तालिम लिए आग्रह गदै कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । सरकारले २०७४ कार्तिकमा सहकारी ऐन सुरु भए देखि नै कोपोमिसको प्रयोगमा जोड दिइएको हो । सहकारी ऐनका अनुसार ५ कारोड भन्दा कम पुँजीका सहकारीले ३ वर्ष भित्रमा र ५ करोड भन्दा वढी पुँजी भएका सहकारीले १ वर्ष भित्रमा कोपोमिसको प्रयोग सुरु गरिसक्नुपर्ने जनाइएको छ ।

सम्बन्धित खवर