लेटाङमा किसान संग मेयर प्रभावकारी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, बैशाख १०, २०८१

लेटाङमा किसान संग मेयर प्रभावकारी

 समचारदाता पथरी / लेटाङ नगरपालिकाले आउदो आर्थीक वर्ष देखि कृषी र चौपाएमा लगाउदै आएको कर हटाउने भएको छ । भौगोलिक रुपमा लेटाङको ८० प्रतिशत भु–भाग कृषि योग्य जमिन रहेको र ९० प्रतिशत जनसंख्याले कृषि पेशा गर्दै आएकाले सो क्षेत्रमा अव आउदो आर्थीक वर्ष देखि कृषी र चौपाएमा लगाईदै आएको कर हटाईने नगर प्रमुख शङकर राईले वताए ।


“किसान सग मेयर” अन्र्तगत गत वर्ष नगरपालिकाले १० ओटा कृषी समुह बनाएर अनुदान बितरण गरेको थियो सोहि कार्यक्रमको आईतवार समिक्षा गर्दै नगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख राईले समृद्व लेटाङ सुखी लेटाङगेली वनाउने आफ्नो लक्ष्यलाई पुरा गर्न आउदो आर्थीक वर्ष देखि कृषि र चौपाएमा लिइदै आएको कर हटाउने प्रतिवद्धता जाहेर गरेका छन् ।
आर्थीक वर्ष २०७५÷७६ को विनियोजित रकम मध्येवाट नगरपालिकाले किसानको समृद्धिका लागि भन्दै १० वटा समुहमा ५ जनाको दरले ३० लाख रुपैया विनियोजन गरेको थियो । नगरले गरेको कृषी कार्यक्रमबाट स्थानिय समुहले कोरली पशु चौपाय खरिद गरि आर्थिक उन्न्तीतर्फ अग्रसर हुन टेवा पुगेको कार्यक्रममा जानकारी दिईएको थियो ।


कार्यक्रममा नगरपालिका उप–प्रमुख कृष्ण कुमारी निरौलाले लेटाङ उर्वर भुमि रहेको वताउदै आगामी वर्षको वजेटमा कृषि र किसानका माग हरुलाई विषेश सम्वोद्धन गर्दै नयाँ कार्यक्रमका साथ वजेट प्रस्तुत गर्ने वताईन ।
कार्यक्रममा उत्कृष्ठ ७ जाना कृषकहरुलाई टोनेल र युवा व्यावसायी समुहलाई हाते ट्याकटर प्रदान गर्दै किसानले उत्पादन गरेको वस्तुले उचित वजार, मुल्य, विउ विजन, मल, सहज रुपमा उपलव्ध नभएको चैतर्फी गुनासो भएको भन्दै आगामी दिनमा कृषक संगै बसेर सो कुराको समधान गर्न नगरपालिका तयार रहेको नगर प्रमुख शंकर राईले बताए ।

सम्बन्धित खवर