राष्ट्रपतिले बाडिएको पदकमा विवाद उठ्यो, रिजालले भने, ‘पदकमा सूर्य चिन्ह छ’ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

राष्ट्रपतिले बाडिएको पदकमा विवाद उठ्यो, रिजालले भने, ‘पदकमा सूर्य चिन्ह छ’

साइनो समचारदाता

काठमाडौं । गत बिहीबार शितलनिवासमा दुई संविधानसभाका सदस्यलाई बाडिएको पदक र प्रमाणपत्र विबादित बनेको छ । २०६४ र २०७० सालमा भएको संविधानसभाका सभासद्लाई बाँडिएको पदक अहिले विवादमा परेको हो । संविधान जारी गरेकोमा स्याबासी दिन पदक दिने काम नै गलत भएको काँग्रेसले दाबी गरेको छ । उस्ले कांग्रेसभित्र पदक लिएकोले फिर्ता गर्नु पर्ने पनि आवाज मंगलबार उठेको छ ।

कांग्रेस सांसद मीनेन्द्र रिजालले मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै संविधान निर्माता (सभासद) लाई चिनारी (पदक) वितरण गर्ने शैलीमाथि पनि प्रश्न उठाएका छन् । रिजालले भने, ‘सुशोभनको शैली र पदकको डिजाइनले संविधान निर्माणका लागि भएको बलिदानीपूर्ण संघर्ष संविधानको मर्मभावना र उत्तराधिकारलाई परिलक्षित गर्न सकेन भन्ने जनगुनासो छ। सम्बन्धित सबैको ध्यान आकृष्ट गर्न चाहन्छु। संविधान बनाएकोमा स्याबासी लिने गरी पदक बाँड्न नहुने उनके तकै अघि सारेका छन्, रिजालले थपे, ‘पदकको डिजाइन पनि मन परेन। त्यहाँ सूर्य चिन्ह छ।’ रिजालका अनुसार पदक बनाउन झन्डै दुई लाख खर्च भएको छ । ‘एउटै पदक बनाउन एक लाख ७५ हजार खर्च भएको मैले सुनेको छु ,’ उनले भने, ‘राज्यकोषको रकम यति धेरै खर्च हुने गरी किन पदक बाँड्नुपर्ने?’ कांग्रेसले पदक लिन नमिल्ने उनको भनाइ छ।

सांसद रिजाल मात्र होइन सांसद गगन थापाले पनि पदक लिएका छैनन्। । गृह मन्त्रालयका अनुसार पदक वितरणका दिन राष्ट्रपतिको हातबाट एक सय १४ जनाले पदक लिएका थिए। मानसम्मान खोज्न नुहुने बताउँदै थापाले पदक वितरण राष्ट्रिय ठाँट भएको जनाए । के सोचेर पदक बाँड्ने कार्यक्रम बनाइएको हो भन्ने नै ओचित्पपूर्ण नभएकोले पदक नलिएको उनले बताए। पदकको डिजाइन बनाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाका सहसचिव महादेव पन्थले पदकमा कहीँ पनि सूर्य नराखिएको बताए।

सम्बन्धित खवर