टी–ट्वान्टी सीएम कन्दङ्वा क्रिकेटको उपाधी ब्लुस्टार विराटनगरलाई (फोटो फिचर) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

टी–ट्वान्टी सीएम कन्दङ्वा क्रिकेटको उपाधी ब्लुस्टार विराटनगरलाई (फोटो फिचर)

साइनो समचारदाता पथरी / पथरीशनिश्चरे क्रिकेट क्लवको आयोजनामा भएको सी. एम. कन्दङ्वा स्मृति टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता विराटनगरको ब्लु स्टार क्रिकेट क्लवले जितेको छ ।

मोरङको कानेपोखरी–७ मा भएको प्रतियोगितामा साविक उप विजेता पथरीशनिश्चरे क्रिकेट क्लवलाई ५० रनले हराउँदै ब्लु स्टारले दोस्रो संस्करणको उपाधि चुम्न सफल भएको छ । टस हारेर ब्याटिङ गरेको ब्लुस्टार बिराटनगरले १९ दशमलब २ बल खेल्दै १२८ रन जोडेको थियो । ब्लुस्टारका बीरेन्द्र झा, बिधान गोस्वामी र रोवन रोयले समान २२÷२२ रनको योगदान बनाए भने कप्तान मुन्ना मेन्डीसले ११ र राजन रोयले १२ रन बटुल्न सफल भए ।

त्यस्तै पथरीशनिश्चरेका तर्फबाट सुरज न्यौपानेले ३ विकेट र शंकर भुजेल, राकेश दाहाल र सुमन न्यौपानेले २/२ विकेट लिएका थिए । १२९ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको पथरीशनिश्चरे १७ ओभर ४ बल खेल्दै ७८ रनमा समेटियो । पथरीशनिश्चरेका लागि सुरज न्यौपानेले २८ रन र विनोद श्रेष्ठले ११ रन बाहेक अरु कुनै ब्याट्समेनले दोहोरो अङ्कको जोड्न सकेनन् । पथरीशनिश्चरेलाई सस्तैमा अल आउट गर्दा खेलका म्यान अफ द म्याच विराटनगरका अमन सिंह राजपुत घोषित भए उनले ४ विकेट लिएका थिए । खेलमा कप्तान मुन्ना मेन्डिसले ३ विकेट लिएका थिए ।

जितसँगै विराटनगको ब्लुस्टार क्रिकेट कलवले ५५ हजार ५ सय ५५ रुपियाँ नगद सहित ट्रफि हात पारेको छ भने उप विजेता आयोजक पथरीशनिश्चरे क्रिकेट कलवले ३३ हजार ३ सय ३३ रुपियाँमा चित्त बुझाउनु परेको छ । यस्तै खेल अवधिमा ८४ रन र ४ विकेट लिने पथरीशनिश्चरेका सुरज न्यौपानेले मेन अफ द सिरिज घोषित भए । यसैगरी खेल अवधिमा ८७ रन जोड्न सफल विराटनगरका वीरेन्द्र झाले बेष्ट ब्याट्स मेन, प्रतियोगिताको बेष्ट बलर १० विकेट लिने पथरीशनिश्चरेका शङ्कर भूजेलले घोषित हुदै नगद २५ सय सहित ट्रफि हात पारेका छन ।


प्रतियोगिता गत जेठ ११ गते देखि सुरु भएका थियो । प्रतियोगितामा प्रदेश नं. १ का १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रथम पुरस्कार पथरीशनिश्चरे १ को एभरेष्ट माध्यमिक विद्यालयले प्रायोजन गरेको हो । पथरीशनिश्चरे नगर क्षेत्रमा क्रिकेट पीच नभएपछि प्रतियोगिता कानेपोखरी–७ को डाँसमोरङ्गी खेल मैदानमा भएको थियो ।

सम्बन्धित खवर