लिम्बु भाषामा कक्षा ६ को पठनपाठन सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

लिम्बु भाषामा कक्षा ६ को पठनपाठन सुरु

साइनो समचारदाता

पथरी । चन्द्रकिरातेश्वर माध्यमिक विद्यालय पथरी शनिश्चरे–७, मोरङमा लिम्बु भाषामा कक्षा ६ को पठनपाठन सुरु भएको छ । लिम्बु विद्यार्थीहरुको साझा संस्था लिम्बु विद्यार्थी मञ्चको पहलमा मातृभाषामा पठनपाठन सुरु भएको हो । यसअघि कक्षा ५ सम्म मात्रै लिम्बु भाषाको पढाइ हुदै आएको थियो । अहिले कक्षा १ मा २९ जना, कक्षा २ मा १८ जना, कक्षा ३ मा १९ जना, कक्षा ४ मा २३ जना, कक्षा ५ मा ३६ जना, कक्षा ६ मा ४५ जना विद्यार्थी छन् । 

आइतबार नगर प्रमुख दिलिपकुमार राईले लिम्बु भाषाको पाठ्यपुस्तक वितरण गरेका छन् । राईले मातृभाषामा पठनपाठनको लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । २०६८ सालदेखि विद्यालयमा लिम्बु भाषाको अध्ययन अध्यापन सुरु गरेको विद्यालयका प्रधानाध्यापक हर्कजंग जिमीले जानकारी गराए । उनका अनुसार निजी स्रोतबाट मातृभाषा शिक्षक पूर्ण चेम्जोङले अध्ययन अध्यापन गराइराखेका छन् ।

विद्यालले लिम्बु भाषाको पुस्तक उपलब्ध नभएपछि श्री ५ को सरकारको पालाकै पाठ्यपुस्तक अध्ययन अध्यापन गर्दै आएको थियो । मञ्चका अध्यक्ष फिपराज बेघाले विद्यालयले पाठ्यपुस्तकको माग गरेपछि संस्थाले कक्षा १ देखि कक्षा ६ सम्म खरिद गरेर विद्यार्थीहरुलाई वितरण गरेको जनाए । पुस्तक लिम्बु विद्यार्थी मञ्च जिल्ला शाखा समिति मोरङले खरिद गरेको थियो । चन्द्रकिरातेश्वर जिल्लाकै लिम्बु भाषामा कक्षा ६ सम्म पढाउने पहिलो विद्यालय हो । अहिले लिम्बु भाषामा कक्षा १२ सम्म अध्ययन हुदै आएको छ ।

सम्बन्धित खवर