आजदेखि ‘प्रथम पथरी शनिश्चरे कला साहित्य उत्सब–२०७६’ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

आजदेखि ‘प्रथम पथरी शनिश्चरे कला साहित्य उत्सब–२०७६’

सामाजिक विकास मन्त्री घिमिरेले उद्घाटन गर्ने

साइनो समचारदाता

पथरी । कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरे मोरङले आयोजना गरिएको ‘प्रथम पथरी शनिश्चरे कला साहित्य उत्सब–२०७६’ शनिबार(आज)देखि सुरु हुदैछ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरी सुरु हुने उत्सब भोलिसम्म जारी रहनेछ । उत्सबको पहिलो दिन जातीय मौलिक साँस्कृतिक झाँकी, मौलिक गीत र प्रस्तुति, चित्रकला र मुर्तिकला प्रदर्शनी, नगरको कला र साहित्यको अवस्था बारे कार्यपत्र, स्रष्ठा सम्मान कार्यक्रम, प्रहसन प्रस्तुति रहने कार्यक्रम संयोजक अमिर राईले जनाए । उद्घाटन अघि रत्न चोकबाट साँस्कृतिक झाँकीले पथरी बजार परिक्रमा गरी सिन भिलेज पार्टी प्यालेसमा कार्यक्रम हुदैछ ।

दोस्रो दिन जिल्लाको साहित्यको अवस्था विषयक कार्यपत्र, सर्जकका सृजना प्रस्तुति, मौलिक गीत र नृत्य, चित्रकला र मूर्तिकला प्रदर्शनी र प्रहसन प्रस्तुतिको कार्यक्रम तय गरिएको छ । आयोजकले सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । समितिका सचिब रोहित पराईले सुृजना क्षेत्रको महत्व र मर्म बुझाउँदै यसको संरक्षण, संवद्र्धन र विकासमा सबै जुटुने चेतना एवम् सन्देश प्रवाह गर्न पथरीमा प्रथम पटक कला र साहित्यको उत्सबको आयोजना गरिएको बताए । करिब ३ लाख अनुमानित खर्चमा हुने उत्बममा नगरपालिकाको सहयोगमा आयोजना हुदैछ । सोमबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी समितिले कार्यक्रम बारे थाहा दिएका थियो ।

सम्बन्धित खवर