साइनो समचारदाता
पान्थर । जिल्लाको मुकाम फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा २२ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीबाट फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
राति साढे १२ बजेतिर लागेको आगो दमकल र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । मध्यरातमा लागेको आगोले वर्कसपमा भएको वेल्डिङ गर्ने ग्यास सिलिण्डर पड्किँदा फिदिमवासी त्रसित बनेका थिए । सिलिण्डर पड्किँदा ठुलै आवाज आएकाले सबैमा के को आवाज हो भनेर त्रास पैदा भएको थियो ।