साइनो समचारदाता
धरान । सुनसरीको धरान उपमहानगरपालिका वडा नं ५ स्थित साउनेमा गोली प्रहार भएको छ । गोली प्रहारबाट कर्मचारी मोरङको धनपालथान गाउँपालिका २ का शम्भु गच्छदार घाइते छन् । उनको हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
जीवन विकास संस्था नामको बित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार गरेर नगद लुटिएको हो । गच्छदारसँग भएको ४ लाख नगद लुटिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले घटनाको पुष्टि गरेका छन् । एसपी अधिकारी अहिले धरान आइरहेका छन् भने घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेसहितको टोली गएको छ । घटनापछि धरानको नाकामा कडाई गरिएको छ ।