साइनो समचारदाता
पथरी । नव गठित समाजबादी पार्टी नेपालमा मोरङको साविक पुर्व हसन्दह गाविसका सामाजिक अगुवा अभियन्ता भिमकृष्ण थापा प्रबेश गरेका छन् ।
थापा र रिता भट्टराईको नेतृत्वमा १७ जना, नेकपा संखुवासभाका नेता सीताराम तिमिल्सिना, राप्रपा संखुवासभा अध्यक्ष टंकमान मोक्तान, मुस्लिम समाज मोरङ अध्यक्ष साहाव अहमद गुडु, केशव काकी, सम्झना लिम्बू, सन्तोश श्रेष्ठ, कृष्ण थापा, निशा भट्टराई, भिमकिशोर थापा, बिकास लामा, रमेश ठकाल, इसान खान, आकाश हलपाई, दिपक कासवान, बलदेव मरिक, जरेलाल चौधरी, कला सुवेदीलगायत समाजबादी पार्टीमा प्रबेश गरेको समाजबादीका अभियन्ता एलभी भण्डारीले जनाएका छन् । उनीहरुलाई शनिबार विराटनरमा भएको एक कार्यक्रममा पार्टी अध्यक्षद्वय बाबुराम भट्टराई, उपेन्द्र यादबलगायतले स्वागत गरेका छन् ।

















