मिक्लाजुङ हत्या काण्डः
साइनो समचारदाता
मिक्लाजुङ (पान्थर) । घटना स्थल मिक्लाजोङ गाउँपालिका ३ आरुबोटेमा नेपाली काग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्मा, काग्रेस नेता भिष्मराज आङदेम्बे, काग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङ सहितको टोली पनि पुगेको छ । नेता आङदेम्बेले घाइते सीताको उपचार र शिक्षा दिक्षाको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । घटनास्थलमा पुगेका काँग्रेसका नेताहरुको टोली पुगेर अनुगमन पश्चात टोली फर्किएको छ ।
त्यस्तै हत्या काण्डको छानबिनका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले काम थालेको छ । बुधवार बिहान पुगेको टोलीले अनुसन्धान पक्रिया शुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी अनिल पौडेलले जानकारी दिए । घटनास्थलमा घटनामा एका परिवारका बमबहादुर फियाक, पुर्षिमायाँ फियाक, मनकुमारी फियाक र आसे फियाकको मृत्यु भएको थियो । अर्को एक परिवारका धनराज शेर्मा, सस्मिता शेर्मा, युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको निधन भएको छ । घटनामा घाइते सिता खजुमको उपचार भइरहेको छ । हाल मृतकहरको शब पोष्ट माटमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पु¥याइएको छ ।