झुण्डिएको स्थलमा रगत पोतिएको खुकुरी र लुगा भेटियो, ‘ज्वाइँले नै हत्या गरेको हुन सक्ने’(रहस्यमय सामुहिक मिक्लाजुङ हत्याकान्डको नयाँ अपडेड) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

झुण्डिएको स्थलमा रगत पोतिएको खुकुरी र लुगा भेटियो, ‘ज्वाइँले नै हत्या गरेको हुन सक्ने’(रहस्यमय सामुहिक मिक्लाजुङ हत्याकान्डको नयाँ अपडेड)

रहस्यमय सामुहिक मिक्लाजुङ हत्याकान्ड

साइनो समचारदाता

मिक्लाजुङ (पान्थर) । पान्थरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ससुरा ज्वाईको घरमा ९ जनाको बीभत्स हत्यामा ज्वाइँकै संलग्नता भएको प्रमाण जुट्दै गएको छ । यद्यपि प्रहरीले घटनाको सुक्ष्म अध्ययन गरिरहेको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ लुमाङ्दिनमा मानबहादुर माखिम झुण्डिएको अवस्थामा फेला परेका छन् । झुण्डिएको स्थलको डेढ किलोमिटर छेउमा खुकुरी र दाप भेटिएको छ । खुकुरी र दापमा रगत लतपतिएको भेटिएको घटनास्थलमा रहेका सञ्चारकर्मी सरोज शर्माले जनाए । उनको कपडा झोलामा पोको पारिएर फालिएको अवस्थमा भेटिएको छ । लुगामा रगत पोतिएको भेटिएको छ । मृतकको हात पनि काटिएको छ । सञ्चारकर्मी शर्माको अनुसार मतृक माखिमको शबलाई सामुहिक हत्या भएको घटना आरुबोटे लाने प्रहरीले तयारी गरिरहेको छ । झुण्डिएको स्थान लुमाङ्दिन र सामुहिक हत्या भएको स्थान आरुबोटे २५÷३० किलोमिटर अन्तर रहेको छ ।

मृतक माखिम मृतकको धनराजको आफन्त तथा मृतक बमबहादुरको कान्छो ज्वार्इँँ समेत हुन् । ससुरासँग ज्वार्इँको सम्बन्ध विग्रिएको बताइएको छ । मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईले माखिमको शब रुखमा झुण्डिएको अवस्थामा भेटिएको बताइन् । युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित खवर