मिक्लाजुङ हत्या काण्डः एकैले ९ जनाको हत्या गरेको प्रारम्भिक निष्कर्ष, घटनास्थल नजिकै एक मृत भेटिए - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

मिक्लाजुङ हत्या काण्डः एकैले ९ जनाको हत्या गरेको प्रारम्भिक निष्कर्ष, घटनास्थल नजिकै एक मृत भेटिए

साइनो समचारदाता

मिक्लाजुङ (पान्थर) । नौजनाको हत्या भएको घटना स्थलबाट भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्यको हत्या गरेको बयान दिएकी छिन् । उपचाररत खजुमको दाया हात भाँचिएको      छ ।

गएराति पान्थरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ससुरा ज्वाईको घरमा ९ जनाको विभत्स हत्या भएको थियो । प्रदेश नम्बर एक प्रहरी स्रोतका अनुसार बिहानपख सम्पर्कमा आएकी सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी हानेर पालैपालो ज्यान लिएको बयान दिएकी छिन् । परिवारका सदस्यमाथि खुकुरी प्रहार भएपछि कसैले थाहा नपाउने गरी भागेर ज्यान बचाएको उनीले प्रहरीसमक्ष भनेकी छिन् । स्थानीयको सम्पर्कमा बिहान आएकी सीता अहिले जिल्ला प्रहरी कार्यालयमा बसेकी छिन् । घट्नास्थलमा दशमीबजार स्थित प्रहरी चौकी, इलाका प्रहरी कार्यालय रबिलगायतको टोली पुगेको छ । त्यस्तै घटनास्थलमा छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा टोली खटिरहेको छ । घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

प्रहरीले घटनामा बालिका सीताले दिएको बयानलाई आधार बनाएर अनुसन्धान सुरू गरिरहेको छ । प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, ‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धानले घटनामा एक जनामात्रै सहभागी भएको देखाउँछ।’ प्रहरी स्रोतका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको छ । प्रहरीले पारिवारिक रिसिइबीका कारण दुई परिवारका ९ जनाको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । जिल्लाकै चारैतिर नाकामा चेकजाँच कडा पारिएको र तीन सय बढी प्रहरी परिचालन गरिएको प्रदेश नम्बर एक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । प्रहरीले घटनास्थल सिल गरेको छ । वरपर कसैलाई जान दिएको छैन । फोटो खिच्न दिइएको छैन ।

क कस्को हत्या भयो ?

घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङले पनि नौ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएको जनाइन् । हत्या गरिएकामा ४१ वर्षिय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षिय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ ।

धनराजको परिवारको ५ जनाको हत्यापछि शव घर भित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर वीभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिइन् । बमबहादुरको शब घरबाहिर सिखुवा रहेको थियो । उनको अनुहारभरी धारिलो हतियार प्रहार गरेकाले अनुहार नचिन्ने अवस्था रहेको छ । २ किलोमिटर वरपर शेर्मा र फियाकको घर रहेको छ । ससुरा र ज्वाइँको घर माथि र तल छ । साइनोले उनीहरु ज्वाईँ (धनराज शेर्मा) र सुसुरा (बमबहादुर फियाक) हुनु । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले घट्नाबारे विहान ६ः११ बजे मात्र थाहा पाए ।

हत्या ‘सिसाको टुक्रा’को कारण हो त ?

गएको जेठ ५ गते आइतबार मृतकमध्यकै जसिता फियाकको होटलमा थुक्पा खाजा खाँदा सिसा मिसिएको नुन खाएर ८ जना गम्भीर बिरामी भएका थिए । एक गैर सरकारी संस्थाद्वारा सञ्चालित ३ महिने ढाका वुनाई तालिममा सहभागी भएकाहरुलाई आइतबार बिहान खाजा(थुक्पा) खुवाइएको थियो । नुनमा सिसा मिश्रण भएको थाहा भएपछि उनीहरूलाई संस्थाकै पहलमा बुधबार अस्पताल भर्ना गरिएको थियो । बिहानको खाजामा नुन कम लागेको भन्दै नुन थप गर्ने क्रममा सिसाका कणहरू फेला परेको थियो । सो बारे शंका लागेर हेर्दा किचनमा राखिएको नुनको भाँडामा नै सिसा मिसाइएको पाइएको बिरामी मध्येकी सोना लिम्बूले बताइन् । बिरामीमध्ये गम्भीर रहेका मिक्लाजुङ ३ आरुबोटेका २२ वर्षीया लक्ष्मी लिम्बू र १८ वर्षीया मनिषा नेपालीको जिल्लास्थित समर्पित हस्पिटलमा उपचार भइरहेको छ भने अन्य सोही ठाउँका मेनुका दास वर्ष १७, विष्णु विक १९, मुना लिम्बू ९, मनकुमारी फियाक ३३, सोना लिम्बू १९ र युहाना शेर्मा १३ को पाँचथर अस्पतालमा उपचार भइरहेको छ । नुनमा सिसाका कण कसले मिसाएको थियो भन्ने अनुसन्धान भइरहेको बुझिएको छ । तर अनुसन्धान नसकिदै यो घटना हुनु झनै शंकास्पद भएको छ ।

घटना स्थल नजिकै झण्डिए मृत्यु

नौ जनाको हत्या भएको घटना स्थल नजिक नजिकै एक व्यक्तिले आत्महत्या गरेका छन् । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेका स्थानीय मानबहादुर माखिम झुण्डिएको अवस्थामा फेला परेका छन् । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक माखिम मृतकको धनराजको आफन्त तथा मृतक बमबहादुरको कान्छो ज्वार्इँँ समेत हुन् । मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईले माखिमको शब रुखमा झुण्डिएको अवस्थामा भेटिएको बताइन् । युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित खवर