राजपाको एकमात्र अध्यक्ष हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

राजपाको एकमात्र अध्यक्ष हुने

साइनो समचारदाता

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीमा एकमात्र अध्यक्ष र महाधिवेशन ३ गर्ने प्रावधान ल्याएको छ । राजपा नेपालको संशोधित विधानमा यस्ता व्यवस्था ल्याइएको छ । शनिवार राति सम्पन्न अध्यक्ष मण्डलको बैठकबाट विधानको संशोधित धारा ३१ (१२) बमोजिम महाधिवेशन पछि एकमात्र अध्यक्ष रहने व्यवस्था गरिएको हो । हाल सो पार्टीमा संयोजक सहित ६ सदस्यीय अध्यक्ष मण्डल रहेको छ ।

संयोजक शरतसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकमा अध्यक्ष प्रणाली सहित विधानका अन्य बुँदाहरु पनि बैठकबाट संशोधन गरिएको हो । दफा ३१ (१०) अनुसार २ वर्षमा हुने भनिएको महाधिवेशन अब ३ वर्षमा गर्ने प्रावधान राखिएको छ । जेठ २ गतेदेखि बैठक चलेको थियो । बैठक पश्चात जारी प्रेस विज्ञप्तिमा संशोधन गरिएको दफा १० (ङ) अनुसार तल्लो तहका निर्वा्चित सदस्यले माथिल्लो तहमा उम्मेदवारी दिंदा तल्लो तहको पदबाट राजीनामा दिनुपर्ने, दफा ७ (२) बमोजिम अब उपरान्त निर्वा्चित वडा सदस्य तथा पदाधिकारीहरुलाई पनि सक्रियता लिनुपर्नेछ । कुनैपनि तह वा स्तरमा समिति गठन गर्दा एकीकृत ६ वटै दलको सहमति भन्ने प्रावधान हटाइएको छ ।

भोलिदेखि पार्टीको अध्यक्ष मण्डलको संयोजक अनिल कुमार झा

चक्रीय प्रणाली अनुसार भोलि जेठ ६ गतेदेखि पार्टीको अध्यक्ष मण्डलको संयोजक अनिल कुमार झा हुने बैठकले निर्णय समेत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित खवर