खिजिदेम्बा विद्यालयमा शेर्पा भाषाको पढाई शुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

खिजिदेम्बा विद्यालयमा शेर्पा भाषाको पढाई शुरु

लाक्पा जी शेर्पा

खिजीदेम्बा (ओखलढुंगा) । ओखलढुंगाको खिजीदेम्बा वडा नं. ९ स्थित शिवालय मावि छेर्मा्दिङ पात्लेमा शेर्पा भाषाको शिक्षण सुरु गरेको छ । स्थानीय विषय अन्तर्गत कक्षा १ र २ सम्म शेर्पा भाषामा पठनपाठन शुरु गरेको हो । पठनपाठनका लागि विद्यालयले विद्यालयको आन्तरिक स्रोतबाट पुस्तक खरिद गरी विद्यार्थीहरुलाई निःशुल्क प्रदान गरी कक्षा शुरु गरिएको प्रधानाध्यापक भानुभक्त नेपालले जानकारी दिए । त्यस्तै, आन्तरिक स्रोतबाटै भाषागत शिक्षकको व्यवस्था गरेको नेपालले बताए ।

हिमाली शिशु उपहार नामक पाठ्यक्रम लागू गरेपछि उप्रान्त विद्यार्थीहरुले शेर्पा भाषा र साम्भोटा लिपी अध्यायन गर्ने छन् । साथमा उनीहरुलाई शेर्पा संस्कृति र बौद्ध संस्कार पनि सिकाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा जी शेर्पाले जानकारी दिए । शेर्पा समुदायको वाहुल्यता रहेको विद्यालयमा केही बर्षअघि पनि शेर्पा भाषा लागू गरेको भएपनि शिक्षकलाई तलव दिने स्रोत नहुँदा पठनपाठन वन्द गर्नुपरेको थियो । विद्यालयले कक्षा ५ सम्म शेर्पा भाषा पाठ्यक्रम लागू गराउने लक्ष्य लिएको छ । कक्षा सुरुसँगै उनीहरुलाई गुम्बा शिक्षाका लागि समेत सहज हुने छ । उनीहरुले बौद्ध संस्कार अनुसार पूजापाठ गर्न, आफ्नो भाषामा पढ्न, संवाद गर्न सक्नेछन् । त्यस्तै, विद्यालयले यस शैक्षिक सत्रको देखि विद्युतीय हाजिरी लागू गर्ने निर्णय समेत गरेको छ । शिक्षकहरुको नियमित उपस्थिती गराई शैक्षिण गुणस्तर अभिवृद्धि गर्ने हेतुले विद्युतीय हाजिरी लागू गर्ने निर्णय गरेको हो । त्यस्तै, इन्टरनेट र सीसी क्यामेरा जडानका लागि समेत प्रक्रिया अघि बढिरहेको समितिका अध्यक्ष शेर्पाले जनाएका छन् ।

यसअघि वैशाख ५ गते बसेको व्यवस्थापन समितिको वैठकले विद्यालयमा मायाप्रित, हिन्दी, अंग्रेजी गीत, संगीत निषेध गर्ने र त्यसका सट्टामा बाल तथा राष्ट्रिय भावले ओतप्रोत गीतहरु प्रसारण गर्ने समेत निर्णय गरेको छ । त्यस्तै, शिक्षक, कर्मचारी र विद्यार्थीलाई पोषक समेत अनिवार्य गरेको छ ।

सम्बन्धित खवर