आज महासंघको बन्द सत्र, नयाँ नेतृत्व चयन हुदै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

आज महासंघको बन्द सत्र, नयाँ नेतृत्व चयन हुदै

साइनो समचारदाता

गछिया । नेपाल आदिबासी जनजाति महासंघ मोरङको सन्दर हरैचा विराटचोकमा स्थगित भएको बन्द सत्र शुक्रबार (आज) सुरु हुदैछ । गत बैशाख २० गते गछिया बजारमा भव्यताका साथ उद्घाटन समारोह गरेपनि २१ गते हुने भनिएको बन्द सत्र प्रतिनिधिमा विवाद देखिएकाले सरेको थियो ।

२० प्रतिनिधिबाट नयाँ नेतृत्व चुन्ने र चुनिने अधिकार प्राप्त प्रतिनिधिहरुबाट अध्यक्ष सहित पदाधिकारी तथा सदस्य चुनिनेछ । चौथो अधिबेशनको बन्द सत्रमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, नेपाल धानुक समाज, नेपाल सन्थाल आदिबासी उत्थान संघ, राजबंशी समाज विकास समिति, नेपाल माझी उत्थान संघ, भुजेल समाज सेवा समिति, नेवाः देय् दबू, धिमाल जाति विकास केन्द्र, दनुवार जागरण समिति, थारु कल्याणकारिणी सभा, नेपाल थामी समाज, नेपाल तामाङ घेदुङ, ताजपुरिया समाज कल्याण, नेपाल झाँगड (उराउ) कोडे«म सुधारा, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् र नेपाल गन्गाई कल्याण परिषद्का १ प्रतिनिधि र एक पर्यवेक्षक सहभागी हुने बताइएको छ । अध्यक्ष पदमा उपाध्यक्ष नरबहादर मोक्तान, चुम्लुङका प्रतिनिधि दिलबहादुर थेबे उम्मेदवारी दिने सम्भावना रहेको छ ।

‘अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजातिको अडान, पहिचानसहितको संघीयताको लागि संविधान संशोधन, हाम्रो साझा अभियान’ भन्ने नाराको साथ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मोरङको ऐतिहासिक चौथो अधिबेशन भव्यताका साथ सम्पन्न भएको थियो । अधिबेशनमा सहासंघका महासचिब नित्यानन्द ताजपुरिया, प्रदेश अध्यक्ष ध्रुब सुब्बा, लेटाङ नगरपालिका प्रमुख शंकर राई, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोलगायतले सम्बोधन गरेका थिए ।

नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ हो । सम्वत् २०४७ सालमा स्थापना भएको महासंघ एक स्वायत्त, राजनीतिक रुपमा गैरपक्षपाती र मुनाफारहित राष्ट्रिय संस्था हो । नेपालका आदिवासी जनजातिहरूको हक, हित, अधिकारका लागि महासंघ आफ्नो स्थापना कालदेखि विश्वभरका आदिवासीय संघसंस्थाहरूसँग सहकार्य गर्दै निरन्तर क्रियाशील रहँदै आएको छ ।

सम्बन्धित खवर