ब्वाई फ्रेन्ड र गर्ल फ्रेन्ड हेर्ने मेला धुमधाम मनाइदै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

ब्वाई फ्रेन्ड र गर्ल फ्रेन्ड हेर्ने मेला धुमधाम मनाइदै

विजय धिमाल

उर्लाबारी । नयाँ वर्ष प्रवेशसंगै धिमाल समुदायको महान पर्व जातिरि÷सिरिजात धुमधाम मनाइदैछ । वैशाख २ गते मोरङको लेटाङ नगरपालिका वडा नम्बर १ भोगटेनी राजारानी धिमाल डाँडाबाट मनाउन सुरु भएको हो ।

अन्य पर्व भन्दा यस पर्वलाई धिमाल समुदायले मुख्य पर्वको रुपमा मनाउँदै आएको पाइन्छ । जातीय संगठन गाउँटोल, जिल्ला, नगर र केन्द्र निकै अघिदेखिको संरचना रहेको छ । यस जातिको सयभन्दा बढी बस्तीहरुमा फरक फरक मिति तिथिमा जातिरि÷सिरिजात मनाउने गर्दछन । गाउँघरदेखि केही पर ग्रामथान तथा महाराजथान निर्माण गरी वर्षमा एक पटक पुर्खौली चलनअनुसार पुजा तथा मेला लगाई रमाइलो गर्दैआएको पाइन्छ । कुनै ठाउँ पुजा त कुनै ठाउँ मेला लगाई २ महिना सम्म लगातार मनाउँदै आइरहेको धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष तेजबहादुर धिमालले जानकारी दिए ।

अतितमा जंगलका हिंस्रक जनावर, अनेकौँ रोग व्याधी, महाप्रलय, अनाबृष्टि, अतिबृष्टि, अनिकाल, खडेरी, आगलागी लगायत अनेकौँ संकटहरुबाट बच्न र बचाउनका खातिर ग्रामथान÷महाराजथानमा देरादिर(भगवान)को परापूर्वकाल देखि मनाउँदै आएको धिमाल जातीय विकास केन्द्रको सामाजिक नियामावलीमा उल्लेख छ । यसरी पुजा गरिसकेपछि ती अराजक तत्व, जीव, जनावर लगायत विविध कुराहरुले नसताओस् भनेर आफ्नो गाउँलाई तन्त्रमन्त्रले बाँध्ने जस्ता कुराहरु गरिने केन्द्रीय माझी (धामी) जयबहादुर धिमालले जानकारी दिए । उनले भने, ‘पुजा गर्ने थानमा कुनै मुर्ति÷प्रतिमा हुदैन, माटोद्वारा निर्मित हात्ती, घोडा र बाख्रा र वन जंगल, खोलानाला, जीवजनावरलाई पुकारी पुजाआजा गरिन्छ ।’ उनका अनुसार धिमालको धर्म प्रकृति हो । यस पुजाआजामा धिमाल जाति मात्र नभएर गैर धिमालहरु पनि आफ्नो मनोकांक्षा पूरा हुने गरेको वा भएको भनि विश्वासका साथ लाम्बद्घ भइ पुजामा संलग्न भएको देख्न पाइन्छ । ग्राम थान तथा महाराज थानमा पुजाआजा गर्दा फलफुललगायत सुँगुर, बोका, हाँस, कुखुरा, परेवा आदिको बली र रक्सी पनि चढाइने केन्द्रका महासचिव केदार धिमालले जनाए । ‘आफ्नो आफन्त, छोरीचेली र इष्ठमित्र भेटभाटसंगै धिमाल जातिको परिकार खानपिन, नाचगान गर्दै बडो रमाइलो गरी मनाउने उनको भनाइ छ ।

धिमाल गाउँ टोल बस्तीहरुको ग्रामथान÷महाराजथानहरुमा मेला लगाइ गरिने पुजालाई जातिरि भनिन्छ । जातिरिमा जातीय मूख्य बाजा ढोल बजाएर प्रतिस्पर्धा गरि पहिलो, दोस्रो, तेस्रो र सान्तवना छुटाई पुरस्कृत गरिन्छ । केन्द्रका सह अध्यक्ष अमर धिमालका अनुसार जहाँ (जातिरी) मेला लगाइदैन, ढोलको प्रतिस्पर्धा गरिदैन, पुजाआजा मात्र हुन्छ, त्यसलाई सिरिजात भन्ने गरिन्छ । कालान्तरमा धिमाल चेलीहरु घरदेखि बाहिर ननिस्कने यदि निस्किए, जबरजस्ती गरी विबाह गर्ने चलन थियो । एक आपसमा केटाकेटी राम्ररी देखादेख, बोलचाल, चिनजान होस भनि जातिरिको र्सिजना भएको केन्द्रपूर्व केन्द्रीय सदस्य युवा नेता मात्रिका धिमालको भनाई छ । ‘प्राय युवायुवतीहरुलाई घरबाट बाहिर (मेला) जातिरिमा जान लाग्दा बुवाआमाले रोक लगाउदैन ।’ मात्रिकाले भने, ‘जातिरिको मूल उद्देश्य पुजाआजा मात्र नभएर उमेर पुगेका युवायुवती एक अर्कामा भेटघाट वा केटाले केटी र केटीले केटा हेर्ने मेला हो ।’

बैशाख २ गतेदेखि मोरङको लेटाङबाट जातिरि सुरु भएको छ । झापाको बिर्तामोड धिमाल गढमा बैसाख ५ गते र मोरङको खोर्सानेमा बैसाख १५ गते, उर्लाबारीको तीनघरेमा बैसाख १९ गते जातिरि सम्पन्न भएको छ । त्यस्तै मोरङको आम्बारीमा बैसाख २७ गते, सानो अर्नाखाडी र काठमाण्डौ बैशाख २८ गते, जदाह जेठ १ गते धुमधाम जातिरि धुमधाम मनाइएकोक छ । तेलकुडी जेठ २ गते, पथरी शनिश्चरेमा जेठ ३ गते, किर्तिपुर क÷ख जेठ ७÷९ गते, काकुममा जेठ १५ गते, माटिगाउँमा जेठ २१ गते, कालाबान्जार जेठ २२ गते, सुनझोडा जेठ २३ गते, अठियाबारीमा जेठ २५ गते र झापाको खर्खरे बैसाख २९ गते, बुट्टाबारीमा जेठ २५ गते, अर्नाखाडी क÷ख जेठ १२÷१३ गते यस्तै करिबन सत्तरी स्थानमा (मेला) जातिरि लाग्न बाँकी रहेको छ भने अन्य स्थानहरुका गाउँटोलहरुले पुजाआजा गर्ने गरेको धिमाल बैदेशिक विभागीय प्रमुख मोहनकुमार धिमालले जानकारी दिए । सबै स्थानमा जातिरि÷सिरिजात सम्पन्न पश्चात असार २ गते धिमाल जातीय विकास केन्द्र उर्लाबारी नगरपालिका डा नम्बर–३ मंगलबारे स्थित रहेको परियोजना स्थल १० विगाह परिसरमा भव्यका साथ औपचारिक तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी समापन हुने गर्दछ ।

 

गाउँटोलमा जातिरि मनाउँदा एक घर बराबर बीस हजार सामान्य खर्च हुन्छ । दुई महिनासम्मको एकमुष्ट वार्षिक रु. १ करोड ५० लाख भन्दा बढी अनुमानित खर्च हुने गरेको बताउँदै केन्द्रका अध्यक्ष तेजबहादुर धिमालले ठूलो खर्चले सामुदायमा आर्थिक भार पर्ने भएकाले खर्चलाई कसरी कम गर्ने भन्ने बारेमा उपाय खोजिनु पर्ने आवश्यकता रहेको बताए ।

सम्बन्धित खवर