साइनो समचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा २५६३ औं बुद्ध जयन्ती मनाउने तयारी थालिएको छ ।
जेठ ४ गते शनिबारका दिन जयन्ती मनाउन साङगछयोलिङ गुम्बा पथरी लागि परेको छ । नगरका ९ वटा गुम्बा समितिले संयुक्त रुपमा मनाइने जयन्तीमा औपचारिक कार्यक्रम अघि शान्ति र्याली निकालिने नेपाल तामाङ घेदुङ संघका जिल्ला अध्यक्ष दिलबाहादुर तामाङले बताएका छन् । उनका अनुसार औपचारिक कार्यक्रममा प्रदेश सभा सदस्य सुर्यमाराज राई, नगर प्रमुख किशोर राईलगायतले सम्बोधन गर्नेछन् ।