तेह्रथुम भेट्रानलाई हराउदै शसस्त्र पकली सेमिफाइनल प्रवेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

तेह्रथुम भेट्रानलाई हराउदै शसस्त्र पकली सेमिफाइनल प्रवेश

साइनो समचारदाता/मोरङ्गको सुनबर्सी २ अमरदहमा जारी प्रदेश स्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा शसस्त्र पकली भेट्रान विजयी भएको छ ।


शसस्त्र पकली भेट्रानले तेह्रथुम भेट्रानलाई ६–२ गोल अन्तरले पाखा लगाउदै सेमिफाईनलको यात्रा तय गरेको हो ।
निर्धरित ७० मिनेटको खेलमा अधिकाश समय शसस्त्र पकली भेट्रानले बल आफ्नो पक्षमा राखेको थियो ।
खेल सुरु भएको पहिलो हाफको १० औँ मिनेटमा शसस्त्र पकली भेट्रानका विनोद लोप्चनको गोलबाट टिमले अग्रता लिएको थियो । खेलको १६ औ मिनेटमा सस्त्रका टिकाराम विक र २६ औ मिनेटमा दिपक पौड्ेलले गोल गर्दै पहिलो आफ ०–३ को अग्रता बनाए ।

एक पक्षीय खेलको दोस्रो हाफको ४० र ४३ औं मिनेटमा टिकारामले ब्याक्ती गत ३ गोल गर्दै ह्याट्रीक पुरा गरे । खेलको अतिरिक्त समयमा शसस्त्रका उत्तम कार्कीले थप एक गोल गर्दै आफ्नो टिमलाई ६–२ को फराकीलो अन्तरले जित दिलाए ।
तेह्रथुमका लागि भने दोश्रो हाफको ३० औ र ३५ औ मिनेटमा वसन्त लिम्वुले २ गोल गरेका थिए । सोमवारको खेलको उत्कृष्ट खेलाडी शसस्त्र पकली ह्याट्रिक कर्ता टिकाराम विक घोषित हुँदै नगद २ हजार रुपियाँ र मेडल हात पारे ।
मंगलवारको तेस्रो क्वाटरफाइनल खेल विराटचौक भेट्रान र दमकका बिच हुने आयोजक क्लवका अध्यक्ष प्रताप तामाङले वताए ।
प्रतियोगीताको फाइनल बैशाख २१ देखि जेष्ठ ७ गते सम्म सुनबर्शी नगरपालिका २ अमरदहको बिरेन्द्र सार्वजनीक मा. वि. मा संचालन हुदैछ ।

१ नं. प्रदेशका १६ टिमले भाग लिएको प्रतियोगितामा ३० बर्ष पुगेका भेट्रान खेलाडीहरुले प्रतिस्पर्दा गर्दै छन । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजारका साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

सम्बन्धित खवर