आजदेखि बेलबारीमा तीनदिने प्रर्दशनी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

आजदेखि बेलबारीमा तीनदिने प्रर्दशनी


साइनो समचारदाता

बेलबारी । आदिबासी जनजाति मौलिक संस्कार संस्कृतिको संरक्षण तथा प्रर्बद्धन गर्ने उद्धेश्यले मोरङको बेलबारीमा आजदेखि तीनदिने प्रर्दशनी सुरु हुदैछ ।

नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीको आयोजनामा प्रर्दशनी कार्यक्रम आयोजनामा बैशाख २५ गतेदेखि २७ गतेसम्म बेलबारीस्थित नेपाल तमु बुद्धिष्ट गुम्बामा आयोजना हुदैछ प्रर्दशनीमा राष्ट्रिय तथा स्थानीय कलाकार को प्रस्तुुतिको साथै जातिय तथा सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिने छ ।

“शास्त्र हराए संस्कृति हराउँछ,संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए जाति हराउँछ” भन्ने नाराको साथ सम्पन्न हुने कार्यक्रम संयोजक कुमार बोखिमले दिएका छन् । प्रर्दशनीमा १६ वटा जातीय संस्थाका ३२ वटा स्टल रहनेछन् । बेलबारी नगरपालिका क्षेत्रमा रहेका जातिहरुले राख्ने स्टलहरुमा हरेक जातिका खानाका परिकार अनि जन्मदेखि मृत्युसम्मको संस्कारमा प्रयोग गरिने सामाग्रीहरु राखिने नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीका सचिब मनकुमार गुरुङले जानकारी दिए ।

कार्यक्रमका लागि बेलबारी नगरपालिकाले ४ लाख बजेट सहयोग गर्नेछ । कार्यक्रमका लागि ४ लाख ५० हजार खर्च हुुने र अपुग रकम आयोजकले नै ब्यहोर्ने गुरुङले बताए । लोप हुँदै गएको भाषा, रहनसहन र सँस्कृतिको संरक्षण एवम् जातिय पहिचानका लागि प्रदर्शनी कार्यक्रम आयोजना गरिएको नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष तिलक राईले बताए ।

सम्बन्धित खवर