१०+१ प्रदेशको रचना गर्नुपर्दछः सामाजवादी पार्टी, नेपाल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

१०+१ प्रदेशको रचना गर्नुपर्दछः सामाजवादी पार्टी, नेपाल


साइनो समचारदाता

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच काठमाडौंमा सोमबार एकता घोषणा भएको छ । दुई पार्टी मिलेर ‘समाजवादी पार्टी, नेपाल’ बनेको घोषणा गरिएको हो । राज्यको पुनर्संचनाका लागि ११ प्रदेश (१०+ं१) को परिकल्पना दुई दलबीचको एकीकरणको सहमतिका बुदाँमा उल्लेख छ । सहमतिको बुँदा नम्बर ५ मा भनिएको छ, ‘हामी नेपाललाई साँचो अर्थमा संघीय राज्य बनाउन प्रतिबद्ध छौं । यसका निम्ति संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी १०ं+१ प्रदेशहरुको रचना गरिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।’

पहिलो पार्टी बन्छः ढुंगाना

‘आज राष्ट्रले जस्तो पार्टी चाहेको छ, राष्ट्रिय भावना एकीकरण गर्ने पार्टी चाहिएको छ । राष्ट्रिय एकीकरणको दिनको रुपमा लिएको छु,’ पूर्वसभामुख एवं नेपाली कांग्रेस नेता दमननाथ ढुंगानाले नवगठित समाजवादी पार्टी नेपाल घोषण सभामा भने, ‘यो पार्टी राष्ट्रिय पार्टी हो । तपाईंको पार्टीमा केही गरौं भन्ने नेताहरू हुनुहुन्छ ।’ दमनले दूरदृष्टि राख्ने पार्टी निर्माण शुरू भएको भन्दै आगामी निर्वाचनमा नयाँ पार्टीले सरकारको नेतृत्व गर्न सक्ने भन्दै शुभकामना व्यक्त गरे । ‘आज हामी इतिहास निर्माण गर्दैछौं, जमाना राष्ट्रिय आवश्यकता बदलिन्छ । आज देशको अभाव पूर्ति गर्ने पार्टीको एकीकरण भएको छ,’ ढुंगानाले भने, ‘म पनि उत्साही भएको छु । हिमाल, पहाड, दलित र सबै पिछडिएका जनताको जीत हो ।’

नयाँ समितिको नेतृत्वमा को को?

केन्द्रिय अध्यक्षः उपेन्द्र यादव
परिषद अध्यक्षः डा. बाबुराम भट्टराई
बरिस्ठ नेताः अशोककुमार राई
सहअध्यक्षः राजेन्द्रप्रसाद श्रेष्ठ
उपाध्यक्षहरूः
नवराज सुवेदी
रकम चेम्जोङ
परशुराम खापुङ
युवराज कार्की
रेणुकुमारी यादव
हिसिला यमी
लालबाबु राउत
हेमराज राई
महासचिवहरूः
गंगानारायण श्रेष्ठ
रणध्वज कन्दङ्वा
रामसहाय प्रसाद यादव
उपमहासचिवहरुः
डम्बर खतिवडा
दानबहादुर विश्वकर्मा
प्रकाश अधिकारी
सचिवहरुः
मोहम्मद इस्तियाक राई
दूर्गा सोब
परशुराम बस्नेत
प्रशान्त सिंह
३ सय सदस्यीय केन्द्रीय समिति बनाउने र समितिमा २ सय जना फोरमका र ९९ जना नयाँ शक्तिका केन्द्रीय सदस्य रहने सहमति दुवै दलले गरेका छन् ।

यस्तो छ, सहमति

सङ्घीय समावादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरणका सन्दर्भमा निम्न सहमति भएको छ ।
१. नेपालको राजनीतिक क्षितिजमा सङ्घीयता र समाजवादको सिद्धान्तमा स्थापित सङ्घीय समाजवादी फोरम, नेपाल र संविधान घोषणापश्चात् प्रगतिशील लोकतान्त्रिक शक्तिको रूपमा स्थापित नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण गरी समाजवादी पार्टी, नेपाल स्थापना गरिएको छ । यस अवसरमा हामी नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका लागि भएका सबै जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह तथा पहिचान र अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । यसक्रममा बेपत्ता, घाइते, काराबास तथा शहीद परिवारलगायतका योगदान सबैप्रति उच्च सम्मान प्रकट गर्दछौं ।
२. समाजवादी पार्टी, नेपालको राजनीतिक कार्य्दिशा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्नु हुनेछ । यसका लागि जनसङ्घर्ष र संविधान संशोधनमार्फत् देशको प्रगतिशील रूपान्तरण, दीगो विकास र समतामूलक समृद्धिको बाटोमा अगाडि बढ्ने छ । हाम्रो लक्ष्य नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, विभेदरहित, धर्म्निरपेक्ष, समृद्ध, सङ्घीय गणतन्त्रात्मक राज्यव्यवस्था स्थापित गर्नु हुनेछ ।
३. सङ्घीय समाजवादी फोरम, नेपालले अवलम्बन गरिआएको सङ्घीय समाजवाद र नयाँ शक्ति पार्टी, नेपालले अवलम्बन गर्दै आएको सम्मुनत समाजवादको आधारमा सम्मुनत सङ्घीय समाजवादको सिद्धान्त अगाडि सारेका छौँ । विश्वमा सङ्घीयता र समाजवादका विभिन्न प्रारूपहरू छन् । यसलाई नेपाली समाजको विशिष्ट स्थिति, जनताको चेतना र विचारधारात्मक तथा सांस्कृतिक स्तरको उन्नयनसँगै सम्मुनत गर्दै लगिने भएकाले सम्मुन्नत सङ्घीय समाजवाद भनिएको छ ।
४. उपयुक्त सैद्धान्तिक– वैचारिक मान्यताको आधारमा यसले राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुल्ला समाज, वालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवम् मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता जस्ता लोकतन्त्रका साश्वत मूल्य र मान्यताहरू सबै आत्मसात गर्नेछ । प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणाली अपनाइनेछ ।
त्यसको अलावा यस कार्यक्रमका मौलिक विशेषताहरू निम्नानुसार हुनेछन् – १. राष्ट्रिय स्वाधीनता, २. सङ्घीय शासन, ३. समाजवादी व्यवस्था, ४. सहभागितामूलक समावेशी लोकतन्त्र, ५. राष्ट्रिय पहिचान, ६. सामाजिक न्याय, ७. समतामूलक समृद्वि, ८. लोक कल्याणकारी राज्य र सामाजिक सुरक्षा, ९. सुशासन र सदाचार, १०. समानुपातिक समावेशीकरण, ११. स्वशासन तथा स्वायत्तता, १२. सांस्कृतिक बहुलता, १३. समानुपातिक निर्वाचन प्रणाली, १४. पर्यावरणीय सन्तुलन र १५. बहुलतायुक्त समाज र राष्ट्रिय एकता ।
५. हामी नेपाललाई साँचो अर्थमा सङ्घीय राज्य बनाउन प्रतिबद्ध छौं । यसका निम्ति संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी १०ं+१ प्रदेशहरुको रचना गरिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।
६. नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत तथा राष्ट्रिय समुदायहरु मधेशी, आदिवासी, जनजाती, शिल्पीरदलित, खस, मुस्लिम, थारु, महिलालगायतको राष्ट्रिय सवालहरु सम्बोधन गर्न पार्टी प्रतिवद्ध छ । नेपालमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गिय असमानता र विभेद अन्त्य गरी स्वतन्त्रता, समानता, सामाजिक न्याय र सामाजिक सुरक्षासहितको समाज व्यवस्था निर्माण गरिनेछ ।
७. नेपालमा विद्यमान पिछडिएको उत्पादन सम्बन्धको अन्त्य गरी आर्थिक विकास र समृद्धिको ठोस कार्ययोजना लागू गरिनेछ । समतामूलक समृद्धि, समन्यायिक वितरण, दिगो विकास र मानवीय खुसी समृद्धिका आयाम हुनेछन् । देशमा विद्यमान चरम भ्रष्टाचार, आर्थिक अनियमितता, अपारदर्शिता र लुटतन्त्रको समूल अन्त्य गर्दै सुशासनयुक्त राज्य व्यवस्था स्थापना गरिनेछ । कर्मचारी तन्त्रको पुनर्गठन र सम्बद्ध सैद्धान्तिक निकायहरुको सवलीकरण गरिनेछ ।
८. सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपाल आजकै मितिदेखि विघटन गरी समाजवादी पार्टी, नेपाल घोषणा गरेका छौँ । यसलाई दल दर्ता सम्बन्धी ऐनबमोजिम निर्वाचन आयोगमा दर्ता गरिनेछ ।
९.यो एकीकरणबाट नेपालमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । सङ्घीयता, सुशासन, समृद्धि र समाजवादलाई आधार तत्व मानी अझ बृहत राजनीतिक ध्रुवीकरण अत्यावश्यक छ । अतः नयाँ राजनीतिक शक्ति निर्माणको यस महान् अभियानमा सामेल हुन सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादी शक्ति, समूह, व्यक्ति–व्यक्तित्वहरुमा हार्दिक आव्हान गर्दछौं ।

सम्बन्धित खवर