बन्यो, विराटनगर स्थायी राजधानी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

बन्यो, विराटनगर स्थायी राजधानी


साइनो समचारदाता

विराटनगर । प्रस्तावमा उल्लेखित ‘विराटनगरलाई राजधानी तोकियोस’ भन्ने प्रस्तावमा मत विभाजनका लागि पक्ष र विपक्षमा राखिएको क्रम संख्या सहितको नामावली मध्ये सांसदले पक्षमा रहने सांसदलाई सभामुखको दाहिने लबी र विपक्षमा हुने सांसदलाई देब्रे लबीमा हस्ताक्षर गर्न सभामुख प्रदीपकुमार भण्डारीले आग्रह गरे । झण्डै २० मिनेटसम्म चलेको मत विभाजनबाट प्राप्त परिणाम सुनाउँदै सभामुख भण्डारीले विराटनगरलाई राजधानी तोकियोस् भन्ने प्रस्तावले दुई तिहाई बहुमत प्राप्त गरेको घोषणा गरे ।

प्रदेशसभाका ६ सांसदले राजधानी तोक्ने प्रस्तावमा मतदान गरेनन् । बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रतापप्रकाश हाङ्गामले मतदान गरेनन् । उनले विराटनगर राजधानी तोक्ने प्रस्तावको विपक्षमा उभिदै बैठकबाटै बाहिरिएका थिए ।
आइतबार चलेको बैठकमा कांग्रेसका सांसदहरु ज्योती सुब्बा, अगमलाल चौधरी, संघीय समाजवादी फोरमका सांसदहरु रामचन्द्र लिम्बू, राधा थापा र नेकपाका सांसद गणेश काम्बाङ अनुपस्थित रहे ।

सम्बन्धित खवर