आजदेखि महासंघको जिल्ला अधिबेशन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

आजदेखि महासंघको जिल्ला अधिबेशन

साइनो समचारदाता

पथरी । ‘अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजातिको अडान, पहिचानसहितको संघीयताको लागि संविधान संशोधन, हाम्रो साझा अभियान’ भन्ने नाराको साथ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मोरङको ऐतिहासिक चौथो अधिबेशन आजदेखि हुने भएको छ ।

विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुन्दर हरैचा नगरपालिकाको गछिया बजारमा अधिबेशन गर्न लागेको हो । बैशाख २० र २१ गते हुने अधिबेशन सम्पन्न गर्न १२ उप समिति निर्माण गरिएको छ । प्रदेश सरकार प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राई ज्यू र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोलाई नागरिक अभिनन्दनसहित, साँस्कृतिक कार्यक्रम हुने बताइएको छ । १० हजार सहभागी हुने अधिबेशनमा ११ लाख अनुमानित खर्च हुने आयोजकले अनुमान गरेको छ । अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष मिलनकुमार राईले बताएका छन् ।

अधिबेशनमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, नेपाल धानुक समाज, नेपाल सन्थाल आदिबासी उत्थान संघ, राजबंशी समाज विकास समिति, नेपाल माझी उत्थान संघ, भुजेल समाज सेवा समिति, नेवाः देय् दबू, धिमाल जाति विकास केन्द्र, दनुवार जागरण समिति, थारु कल्याणकारिणी सभा, नेपाल थामी समाज, नेपाल तामाङ घेदुङ, ताजपुरिया समाज कल्याण, नेपाल झाँगड (उराउ) कोडे«म सुधारा, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् र नेपाल गन्गाई कल्याण परिषद्का प्रतिनिधिहरु सहभागी हुनेछ । भने १७ वटा स्थानीय तहमा गाउँ÷नगर समन्वय परिषद्हरुको सहभागिता जनाउँदैछन् । अधिबेशनले नया नेतृत्व समेत चयन गर्दै सम्पन्न हुनेछ ।

नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ हो । सम्वत् २०४७ सालमा स्थापना भएको महासंघ एक स्वायत्त, राजनीतिक रुपमा गैरपक्षपाती र मुनाफारहित राष्ट्रिय संस्था हो । नेपालका आदिवासी जनजातिहरूको हक, हित, अधिकारका लागि महासंघ आफ्नो स्थापना कालदेखि विश्वभरका आदिवासीय संघसंस्थाहरूसँग सहकार्य गर्दै निरन्तर क्रियाशील रहँदै आएको छ । महासंघअन्तर्गत प्रदेश, जिल्ला, स्थानीय तह(महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडा) समन्वय परिषद्हरूको सांगठननिक सञ्जाल देशैभर रहेको छ । महासंघअन्तर्गत २३ भन्दा बढी विदेश शाखाहरू क्रियाशील छन् ।

सम्बन्धित खवर