‘सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई अन्त्य गर्न खोज्नेहरु समाप्त हुन्छन् ।’ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

‘सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई अन्त्य गर्न खोज्नेहरु समाप्त हुन्छन् ।’

मुकेश यादब

विराटनगर । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई अन्त्य गर्न खोज्नेहरु समाप्त हुने संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले बताएका छन् । नेपालमा कायम जातीय, लैंगीक, क्षेत्रीय, भाषिक, विभेद र उत्पीडन अन्त्य हुन जरुरी रहेको बताउँदै उनले भने, ‘सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई अन्त्य गर्न खोज्नेहरु समाप्त हुन्छन् ।’ सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सङ्घीय समाजवादी फोरम, नेपाल बाहेक अरुले अघि बढाउन नसक्ने ठोकुवा उनले गरेका छन् ।

आइतबार मोरङको बिराटनगरमा ससफो नेपालको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादवले पहिचान सहितको सङ्घीयतालाई संस्थागत गर्न संवैधानिक बाटोबाट प्रयास गरिएको जिकिर गरेका छन । नेपालको भाग्य र भविष्य सङ्घीय प्रणालीमा मात्रै सम्भव रहेको भन्दै उपप्रधानमन्त्री यादवले नेपालको विविधतायुक्त विशेषतालाई बुझेर अघि बढ्नुपर्ने बताएका छन । सही नेतृत्व र योजना नहुने हो भने मुलुक दिनानुदिन कमजोर र असफल बन्दै जाने चिन्ता व्यक्त गर्दै यादवले मुलुकका उद्धोग बेचेर खानेहरुबाट समृद्धि नआउने बताए । कुशल नेतृत्व र बलियो पार्टी निर्माण हुन सके अरु परिवर्तन पक्षधर पार्टी, संगठनहरुलाई आकर्षित गर्न सकिने भन्दै यादवले समावेशी, सक्षम नेतृत्व चयन गर्न सक्नुपर्ने आवश्यकता औंल्याएका छन ।

पार्टीका वरिष्ठ नेता अशोककुमार राईले देशलाई एक ढिक्का बनाउने पार्टी ससफो नेपाल मात्र भएको भन्दै वरिष्ठ नेता राईले मधेसको घाउ निको पार्न हिमालको जडिबुट्टी प्रयोग गर्न पाउनु पर्ने र पहाडको भोक मेट्न मधेसको अन्न प्रयोग गर्न पाउनु पर्ने जनाएको छ । पहिचान र अधिकारको लडाई केही लम्बिने संघर्ष भएको भन्दै एक पटक मधेस आन्दोलनको पुनरावृत्ति हुनुपर्ने अवस्था आएको उनले बताएको छ । विविधतालाई एक ढिक्का बनाउने उत्तम विकल्प सङ्घीयता र गरिबी हटाउने, उत्पादनसँग जोड्ने र न्यायपूर्ण वितरणमा ध्यान दिने समाजवाद भएको नेता राईले प्रष्ट पारेका छन । उनले महिला, शिल्पी, आदिवासी जनजाति, मधेसी, खस समुदायको अधिकारको आन्दोलन समाप्त भई नसकेको भन्दै यी मुद्दामा सबै सकृयता थप सशक्त हुनुपर्ने नेता राईको भनाई छ । अधिबेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

सम्बन्धित खवर