रिना मृत्यु प्रकरण, सात दिन बित्दा पनि हत्यारा पत्ता लागेन, महिलाद्वारा प्रशासन अगाडि धर्ना - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

रिना मृत्यु प्रकरण, सात दिन बित्दा पनि हत्यारा पत्ता लागेन, महिलाद्वारा प्रशासन अगाडि धर्ना

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरेमा बस्दै आएकी रिना बस्नेतको रहस्यमय मृत्यू भएको ७ दिन बिति सक्दा पनि सत्य तथ्य बाहिर आएको छैन । सत्य तथ्य बाहिर नआएपछि नगरका महिलाहरुले दोषीलाई कावाही माग गर्दै इलाका प्रहरी कार्यालयमा शनिबार धर्ना दिएका छन ।

नगर महिला फेडेरेसन, पथरी बहुमुखी क्याम्पस र संर्घस समितिले प्लेकार्ड सहित परिक्रमा गरि ईलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । परिक्रमा पछि कोण सभा भएको थियो । सभामा फेडेरेसनकी संयोजक गोमा दाहालले घटनाको सत्य तथ्य छानबिन गरी दोसीलाई कार्वाही गरि प्रहरी माथिको बिस्वश्नीयता कायम राख्न आग्रह गरेकी छिन् ।

स्वतन्त्र विद्यार्थी युनियन, पथरी बहुमुखी क्याम्पसकी उप सभापति निता कुलुङ राईले शान्ति सुरक्षा फितलो भएको कारण क्याम्पस हिडेका बिद्यार्थी घर फर्किने हो कि हैन ? भन्ने स्थिति आएकाले प्रहरी प्रसाशनले शान्ति सुरक्षा कायम गरी मृतक रिनाको दोषीलाई सार्वजनिक गर्न माग गरेकी छन । प्रहरीले हत्यालाई आत्मा हत्या भनेर साबित गर्न खोजेको भन्दै संर्घष समितिकी संयोजक कविता पराजुलीले आपति जनाइन् । यदि प्रहरीले हत्यारालाई चाडो भन्दा चाडो कानुनी दायरामा नल्याए प्रहरी प्रसाशन प्रति नगरबासी चुप लागेर नबस्ने पराजुलीले चेतावनी दिइन् । महिलाहरुले ‘शान्ती सुरक्षा कायम गर’, ‘रिनालाई न्याय दे’, ‘रिना हत्याको निस्पक्ष अनुसन्धान गर’ जस्ता प्ले काड बोकी नारा लगाएका थिए ।

शनिबार बिहान पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको नग्न अबस्थामा शव भेटिएको थियो । घटना पछि स्थानीयले प्रदर्शन गर्दै आएका छन् ।

सम्बन्धित खवर